नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी दीक्षित « Khabarhub

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी दीक्षित


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरका तीन सय विद्यार्थी दीक्षित भएका छन् । पोखरा विश्वविद्यालयका डीन प्राडा राजेशकुमार ठगुराठीले १७औँ दीक्षान्त समारोहमा बुधबार दीक्षित गराएका हुन् ।

कलेजको इन्जिनियरिङतर्फको विभिन्न विषयमा स्नातक र स्नातकोतर तह उत्तीर्ण दुई सय ९८ विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातक उत्तीर्ण दुई सय ३९ र स्नाकोत्तर उत्तीर्ण ५९ विद्यार्थीलाई दीक्षित गरिएको हो ।

कोरोना भाइरस कोभिडका कारण विश्वविद्यालयका सबै विद्यार्थी एकैठाउँमा राखेर दीक्षित गर्दा धेरै भीडभाड हुने भएकाले कलेजमै दीक्षान्त समारोह कार्यक्रम गरिएको कार्यक्रममा बताइयो ।

कार्यक्रममा डीन ठकुराठीले बजारमा आवश्यक जनशक्ति पूर्ति गर्ने हिसावले रोजगारमुखी विषयवस्तु राखेर विश्वविद्यालयले अध्ययनअध्यापन गराइरहेको बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १० : ५५ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी