रुसी युद्धबन्दीलाई आमाको जिम्मा लगाउने युक्रेनी प्रस्ताव « Khabarhub

रुसी युद्धबन्दीलाई आमाको जिम्मा लगाउने युक्रेनी प्रस्ताव


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  रुसको आक्रमणका कारण युक्रेनमा भीषण लडाइँहरू भइरहेका छन् ।

युद्धका क्रममा हजारौँको मृत्यु भइसकेको छ भने दुवै तर्फका धेरै सैनिक युद्धबन्दी बनेका छन् । कुनै पनि युद्धपछि युद्धबन्दीहरुको रिहाइ पेचिलो मुद्दा बनेर आउने गर्छ ।

अहिले युक्रेनले भने रुसी युद्धबन्दीलाई रिहा गर्ने विषयमा अनौठो प्रस्ताव अघि सारेको छ । युक्रेनको रक्षामन्त्रालयले रिहा हुने रुसी युद्धबन्दीलाई आमाको जिम्मा लगाउने प्रस्ताव अघि सारेको हो ।

‘रुसी युद्धबन्दीलाई उनीहरुको आमाको जिम्मा लगाउने निर्णय भएको छ तर उनीहरुका आमा युक्रेन आउनुपर्छ ।’ रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘तपाईँहरूलाई किभ लगिनेछ जहाँ छोरालाई तपाईको जिम्मा लगाइनेछ ।’

युक्रेनले बन्दी बनाइएका र मारिएका रुसी सैनिकको जानकारी तिनीहरुका आफन्तले पाउन भन्नाका लागि प्रत्यक्ष हटलाइन सेवा समेत सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ११ : ४८ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज