युक्रेनमाथि रुसी आक्रमणको आईसीसीले अनुसन्धान गर्ने « Khabarhub

युक्रेनमाथि रुसी आक्रमणको आईसीसीले अनुसन्धान गर्ने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको छ ।

आईसीसी अभियोजक करीम खानले यसबारे जानकारी दिँदै जारी युद्धमा रुसी गतिविधिबारे अनुसन्धान शुरु भएको जनाएका हुन् ।

‘सक्रिय अनुसन्धान तुरुन्तै अगाडि बढ्ने आईसीसी अध्यक्षलाई सूचित गरेको छु।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ’, आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ, अदालतको क्षेत्राधिकार अन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।’

केही दिनअघिमात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रुसले युद्ध अपराध गरिरहेको आरोप लगाएका थिए । रुसमाथि जानाजान गैरसैनिक युक्रेनीलाई निशाना बनाउने गरेको आरोप पनि लाग्ने गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १२ : ०१ बजे

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित

एमालेका विशेष जिल्ला इन्चार्ज रमेशको बिदाइ, समीकको स्वागत 

काठमाडौं– नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा नयाँ इन्चार्जको

अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक

एजेन्सी– संयुक्त राज्य अमेरिकाले सार्वजनिक कल्याण र लाभको सम्भावित दुरुपयोगको

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित