रुसी आक्रमणबाट देश जोगाउन बन्दुक बोक्दै पूर्व मिस युक्रेन « Khabarhub

रुसी आक्रमणबाट देश जोगाउन बन्दुक बोक्दै पूर्व मिस युक्रेन


१९ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले आफ्नो मुलुकविरुद्ध आक्रमण गरेपछि पूर्व मिस ग्राण्ड युक्रेन पनि आफ्ना सैनिकलाई साथ दिन युद्धमा लागेकी छिन् ।

सन् २०१५ मा मिस ग्राण्ड युक्रेन बनेकी अनास्टासिया लेनाले इन्स्टाग्राममा तस्बिरहरु सार्वजनिक गर्दै युद्धमा आफ्नो फौजलाई सघाउन आफू तयार रहेको जनाएकी हुन् ।

उनले इन्स्टाग्राममा शेयर गरेका तस्वीरहरुमा उनले हातमा राइफल लिएको देखिन्छ । ‘आक्रमण गर्ने उद्देश्यले युक्रेनको सीमा पार गर्ने सबै मारिनेछन् ।’ उनले लेखेकी छिन्, ‘हाम्रा फौज यसरी लडिरहेका छन् कि बरु नेटोले युक्रेनमा समावेश हुन निवेदन दिनुपर्छ ।’

यसअघि टर्कीमा पब्लिक रिलेशन म्यानेजरको जागिर खाँदै आएकी उनले केही वर्षयता बन्दुक बोकेको, सैनिक कसरत गरेको र सिकार खेलेको जस्ता तस्बिरहरु शेयर गर्दै आएकी छिन् ।

 

तस्बिरहरु इन्स्टाग्राम @anastasiia.lenna

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  १२ : २० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच