रुसी आक्रमणबाट देश जोगाउन बन्दुक बोक्दै पूर्व मिस युक्रेन « Khabarhub

रुसी आक्रमणबाट देश जोगाउन बन्दुक बोक्दै पूर्व मिस युक्रेन


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले आफ्नो मुलुकविरुद्ध आक्रमण गरेपछि पूर्व मिस ग्राण्ड युक्रेन पनि आफ्ना सैनिकलाई साथ दिन युद्धमा लागेकी छिन् ।

सन् २०१५ मा मिस ग्राण्ड युक्रेन बनेकी अनास्टासिया लेनाले इन्स्टाग्राममा तस्बिरहरु सार्वजनिक गर्दै युद्धमा आफ्नो फौजलाई सघाउन आफू तयार रहेको जनाएकी हुन् ।

उनले इन्स्टाग्राममा शेयर गरेका तस्वीरहरुमा उनले हातमा राइफल लिएको देखिन्छ । ‘आक्रमण गर्ने उद्देश्यले युक्रेनको सीमा पार गर्ने सबै मारिनेछन् ।’ उनले लेखेकी छिन्, ‘हाम्रा फौज यसरी लडिरहेका छन् कि बरु नेटोले युक्रेनमा समावेश हुन निवेदन दिनुपर्छ ।’

यसअघि टर्कीमा पब्लिक रिलेशन म्यानेजरको जागिर खाँदै आएकी उनले केही वर्षयता बन्दुक बोकेको, सैनिक कसरत गरेको र सिकार खेलेको जस्ता तस्बिरहरु शेयर गर्दै आएकी छिन् ।

 

तस्बिरहरु इन्स्टाग्राम @anastasiia.lenna

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १२ : २० बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका