कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे : डब्लूएचओ « Khabarhub

कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे : डब्लूएचओ


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस) वृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो  ।

कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा वृद्धि भएको डब्लूएचओको भनाई छ ।
साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो ।

डब्लूएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन गे्रले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो वृद्धि हो ।’ मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको-१९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए ।

उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत वृद्धि देखिएको थियो ।  पुरुषभन्दा महिला र किशोरीहरु कोभिडबाट प्रभावित भएका थिए । 

महामारीको समयमा महिलाहरु सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो ।
कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरुको संख्या एक चौथाइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १२ : ५४ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग