धानको समर्थन मूल्य किसानले घर-घरमै पाउँदै « Khabarhub

धानको समर्थन मूल्य किसानले घर-घरमै पाउँदै


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- गौरीगञ्ज-१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य पाउन थालेका छन् ।  

उनले घरैबाट धान बिक्री गर्न थालेका छन् । ‘पहिला त लागत पनि उठ्दैन थियो । अहिले सहकारीले घरमै गएर खरिद गर्छ,’ उनले भने, ‘राम्रो मूल्य पाएका छौँ । खेती गर्दा केही हुन्छ भन्ने लाग्न थालेकाे छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत धान सुपरजोन कार्यान्वयन इकाई झापा मार्फत झापाका दुई सहकारी सूचीकृत भएर किसानका धान खरिद गरिरहेका छन् । 

महाभाराको साना किसान कृषि सहकारी संस्था र महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएका छन् । सुपरजोन झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार महारानी झोडाले करिब १५ हजार क्विन्टल र महाभाराले करिब साढे सात हजार क्विन्टल धान खरिद गरेको बताए ।

‘उहाँहरूले किसानको धान सरकारले तोकेको मूल्यमा खरिद गर्नुहुन्छ । जसबापत व्यवस्थापन खर्च भनेर सरकारले प्रति क्विन्टल एक सय १२ रुपैयाँ अनुदान दिन्छ,’ उनी भन्छन्, ‘सरकारले तोकेको न्यूनतम समर्थन मूल्य किसानले पाएका छन् ।’ विगतमा चारवटा सहकारी आबद्ध थिए । तर, गत कत्तिकमा बेमौसमी वर्षाले धानबालीमा असर पार्दा बाँकी दुई सहकारी भने सूचीकृत हुन नमानेको उनी बताउँछन् । 

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल दुई हजार ७५२ र मध्यम धान दुई हजार ९०२ मा खरिद गरिरहेको महाभारा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक गंगाप्रसाद ढुंगानाले बताए । ‘नजिकैका किसानले हाम्रो स्टोर घरमै ल्याउनुहुन्छ ।

टाढाका किसानको घरघरमै गएर समर्थन मूल्य दिएर ल्याउँछौँ,’ उनले भने, ‘पैसा भने किसानहरूको खातामा हालिन्छ । किसानहरू खुसी हुनुहुन्छ ।’ मोटा र मध्यम गरेर यो सहकारीले करिब साढे सात हजार क्विन्टल धान किसानबाट खरिद गरेको छ । तर, अहिले बजारमा धानको मूल्य निरन्तर ओरालो लाग्दा समस्या भएको उनी बताउँछन् । ‘धानको मूल्य निरन्तर ओरालो लागिरहेको छ । किसानको पैसा भुक्तानी गर्न बाँकी छ । हामीले धान बेच्न नपाएसम्म कसरी दिने ?,’ व्यवस्थापक ढुंगाना भन्छन्, ‘सरकारले हामीले संकलन गरेको धान खरिद गरिदिए धेरै सजिलो हुने थियो ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १ : ०४ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले