घरघरमा धारा पुगेपछि चितवन इच्छाकामनाका स्थानीय खुशी « Khabarhub

घरघरमा धारा पुगेपछि चितवन इच्छाकामनाका स्थानीय खुशी


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुङ्ग्रेका बासिन्दा खुसी भएका छन् ।

पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य हुँदै घरघरमा धारा पुगेपछि उनीहरू खुसी भएका हुन् ।

यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था रहेको थियो ।

श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले भने, ‘एक गाग्री पानी लिन घण्टौँ लगाएर धाउनुपर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोह गर्नुपर्ने हुन्थ्यो, पानीको धारा घर–घरमा आएपछि गाउँलेले सुखको अनुभूति गरेको छ ।’

गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुङ्ग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत ८० घरधुरी छन् । यो आयोजनाबाट ५१६ जना लाभान्वित भएका छन् ।

यो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा सम्पन्न भएको उनले बताए । गाउँपालिकाको ७८ लाख ६४ हजार र स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र पारेको बताइन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ४ : ३४ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग