बाढीपीडित हेलम्बुवासीको मागः बासस्थान र आयआर्जनको व्यवस्था गरियोस् « Khabarhub

बाढीपीडित हेलम्बुवासीको मागः बासस्थान र आयआर्जनको व्यवस्था गरियोस्


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची बाढी प्रभावित हेलम्बुवासीले यथाशीघ्र सुरक्षित स्थानमा बास र आयआर्जनको कार्यक्रमको माग गरेका छन् ।

हेलम्बु बाढीपीडित संरक्षण तथा समन्वय समितिले चिलाउनेघारीमा सरोकारवालासँग गरेको अन्तक्र्रियामा उनीहरूले यस्तो माग गरेका हुन् । बाढी प्रभावितमध्ये केहीको घर बनाउन जग्गासमेत नभएकाले जग्गा र स्थायी वा अस्थायी घर तथा आयआर्जनको कार्यक्रमको समेत माग गरेका छन् ।

हेलम्बु चनौटेका बुद्धराम तामाङले पाँच लाखमा घर बनाउन नसकिने जनाउँदै रकम थप गर्न सरकारसँग आग्रह गरे ।

त्यस्तै, स्थानीय शिक्षक भीम कार्की, मेलम्ची भ्याली क्याम्पसका अध्यक्ष दीपक लामिछाने, समाजसेवी शिवप्रसाद लामिछानेलगायतले बाढीपीडित राजनीतिक रूपमा विभाजित नभई एकजुट भएर पुनःनिर्माणमा जुट्नुपर्ने बताए ।

कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ प्रशासन सहायक धर्मराज देवकोटाले खोला नियन्त्रणका लागि अल्पकालीन रुपमा ३० करोड र सडकका लागि २५ करोड बजेट विनियोजन भइसकेको भन्दै यथाशीघ्र सम्झौता गरी बाँकी बस्ती संरक्षण र बाटोको काम सुरु गर्न हेलम्बु गाउँपालिकालाई अनुरोध गरेका थिए ।

उनले वैकल्पिक बाटोका लागि पनि थप बजेट विनियोजन भएको जनाउँदै मेलम्ची अम्बाथान सडकका लागि ७५ करोड प्रस्ताव पेश गरिएको पनि जानकारी दिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बाढी प्रभावितले पाँच लाखले घर निर्माण गर्न सम्भव नभएको भन्दै रकम थप गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ४ : ५३ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको