रोमानियामा भएका हवाई दुर्घटनामा ८ जनाको मृत्यु « Khabarhub

रोमानियामा भएका हवाई दुर्घटनामा ८ जनाको मृत्यु


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोमानियामा भएका हवाई दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

पूर्वी रोमानियास्थित कृष्ण सागरको तटीय क्षेत्रमा हराइरहेको सैनिक विमान खोज्नका लागि उडेको हेलिकोप्टर दुर्घटनामा पर्दा हेलिकोप्टरमा सवार सबै ७ जनाको ज्यान गएको रोमानियाका अधिकारीले जनाएका छन् ।

रोमानियाको गुरा डोब्रोगे क्षेत्रस्थित विमानस्थलबाट उडेको केही समयमा नै हेलिकोप्टर दुर्घटनामा परेको थियो । रोमानियाका अधिकारीहरुले दुर्घटनाको पुष्टि गर्दै दुर्घटनाग्रस्त आइएआर ३३० पुमा हेलिकोप्टर विमानस्थलबाट ११ किलोमिटर टाढा फेला परेको जनाएका छन् । उक्त हेलिकोप्टर रडारबाट गायब भएको मिग २१ लान्सर लडाकु विमानको खोजी अभियानमा थियो ।

कृष्ण सागरमा हवाई गस्तीका लागि उडेको रोमानियाली वायुसेनाको विमान हराएपछि यसलाई खोज्न हेलिकोप्टर पठाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हराएको भनिएको उक्त लडाकु विमान पनि कृष्णसागरकै तटनजिक फेला परेको जनाइएको छ । उक्त दुर्घटनामा विमानका ३१ वर्षे पाइलटको पनि मृत्यु भएको रोमानियाका अधिकारीले पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ३ : ३५ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष