समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक चैत १२ गते बस्ने « Khabarhub

समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक चैत १२ गते बस्ने


१९ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय विस्तारित बैठक तयारी गर्न मूल आयोजक समिति गठन गरिएको छ ।

सङ्गठनका इन्चार्ज जगन्नाथ खतिवडाको उपस्थितिमा तथा सङ्गठनका अध्यक्ष श्रेष्ठको सभापतित्वमा आज सम्पन्न पदाधिकारी बैठकले आगामी चैत १२ गते काठमाडौँमा गर्न लागिएको विस्तारित बैठकको तयारीका लागि सो समिति गठन गरेको हो ।

सगंठनका सबै विभागका प्रमुखलाई सम्बन्धित सदस्यसँगको परामर्श गरी विधागत  कार्ययोजना एक हप्ताभित्र बुझाउन जिम्मेवारी दिइएको छ । बैठकले नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुखसमेत रहेका  खतिवडा हालै ग्लोबल अर्गानाइजेशन अफ पार्लियामेण्टेरियन्स एगेन्सट करप्सनको ‘ग्लोबल डाइरेक्टर’ पदमा नियुक्ति  भएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना प्रस्ताव पारित गरेको छ ।

यही फागुन महिनामा सबै जिल्ला समिति गठन गर्न निर्देशन दिएको बैठकले विस्तारित बैठकपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको सङ्गठनका उपाध्यक्ष शन्तराम विडारीले जानकारी दिए । मूल आयोजक समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ५ : २४ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई