स्थानीय तह निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड दिने « Khabarhub

स्थानीय तह निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड दिने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानी तह निर्वाचन व्यवस्थापनको लागि अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

यस्तै, आयोगले निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा कुनै त्रुटी भएको भए सच्याउन समेत सबैलाई आग्रह गरेको छ । आयोगले मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने अवधि यही फागुन २० देखि २६ गतेसम्म निर्धारण गरेको छ ।

आयोगले निर्वाचनमा सहभागी हुने दलहरुको नामावली फागुन २६ गतेभित्र प्रकाशन गर्ने जनाएको छ ।

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको आयोगले बताएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : ४५ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको