ब्याट्री पड्कन थालेपछि बजारबाट १७ लाख स्मार्टवाच फिर्ता « Khabarhub

ब्याट्री पड्कन थालेपछि बजारबाट १७ लाख स्मार्टवाच फिर्ता


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्राविधिक गडबडी देखिएपछि स्मार्टवाच निर्माता कम्पनी फिटबिटले आफ्ना १७ लाख सामान बजारबाट फिर्ता बोलाएको छ । आइकोनिक ब्राण्डका स्मार्टवाचमा ब्याट्री तात्ने र पड्कने समस्या देखिएको गुनासो आएपछि आफ्ना सामान फिर्ता गर्न लागेको कम्पनीले जनाएको छ ।

अमेरिकी उपभोक्ता सुरक्षा आयोगले जारी गरेको नोटिसमा स्मार्टवाचको ब्याट्री तात्ने र पड्कने समस्या आएको र धेरैजना घाइते भएको उल्लेख थियो । आयोगले उक्त ब्राण्डको स्मार्टवाच प्रयोग तुरुन्त बन्द गर्न समेत आह्वान गरेको थियो ।

अन्तर्राष्ट्रिय समाचारहरुले जनाएअनुसार फिटबिटले १० लाख आइकोनिक स्मार्टवाच अमेरिकी बजारमा मात्रै बेचेको छ । प्रयोग गरिरहेको स्मार्टवाच फिर्ता गरेको खण्डमा उपभोक्तालाई २९९ अमेरिकी डलर दिने समेत कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : ३४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका