नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी « Khabarhub

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली काँग्रेस धनुषाको सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ ।

फागुन २३ गते हुने मतदानमा काँग्रेसका विभिन्न तीन समूहबाट उम्मेदवारी परेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट जिल्ला सभापतिमा वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, कोइराला–पौडेल समूहबाट संविधानसभा सदस्य दिनेश प्रसैला यादव र निवर्तमान उपसभापति विमलेन्द्र निधि समूहबाट क्षिरेश्वरनाथ नगरपालिका मेयर योगेन्द्र पजियारले उम्मेदवारी दिएका हुन् ।

उनीहरूले जनकपुरधामस्थित काँग्रेसको निर्वाचन समितिमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

तीनै जना उम्मेदवारले आफ्ना समूहका नेता तथा कार्यकर्ता लिएर प्रचारप्रसार गर्दै उम्मेदवारी दर्ता गराए

उनीहरूले आ–आफ्नो जित सुनिश्चत रहेको दाबी गरेका छन् ।

काँग्रेस जिल्ला निर्वाचन समितिअनुसार बिहीबार उम्मेदवारी दर्ता र उम्मेदवारको नामावली प्रकाशन र शुक्रबार बिहान ९ देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता, ११ वजेदेखि १ बजेसम्म दाबी विरोध, १ बजेदेखि ३ बजेसम्म दाबी विरोधको छानबिन, ३ देखि ५ बजेसम्म अन्तिम नामावली प्रकासनको समय तोकिएको छ ।

त्यसैगरी, शनिबार र आइतबार प्रचारप्रसार र २३ फागुन सोमबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान र सोही दिन साँझ ७ बजेदेखि मतगणनाको कार्यक्रम तोकिएको छ । काँग्रेसको धनुषा जिल्ला अधिवेशनमा तीन हजार १८७ मतदाता छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ६ : ०१ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको