उप्रेतीलाई भैरव अर्याल स्मृति सम्मान « Khabarhub

उप्रेतीलाई भैरव अर्याल स्मृति सम्मान


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई प्रदान गरिएको छ ।

भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ ।

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले बिहीबार हेटौँडामा कार्यक्रम गरी पुरस्कार प्रदान गरेका हुन् ।

समारोहमा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उप्रेतीलाई नगदसहित सम्मानपत्रसहित सम्मान गरेका थिए ।

सम्मानित हुने उप्रेतीका तीनवटा कृति प्रकाशित छन् । यस अवसरमा मकवानपुरका कवि मीनप्रसाद लामिछानेको हास्यव्यङ्ग्य कविता सङ्ग्रह पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, सर्जक सञ्जालका अध्यक्ष निमेख निखिल, समीक्षक घनश्याम घिमिरेलगायत सहभागी थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ८ : ३८ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष