९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी | Khabarhub Khabarhub

९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नो मुलुकविरुद्धको आक्रमणमा रुसका ९ हजार सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। एक साता यता जारी युद्धका क्रममा युक्रेनी पक्षबाट ९ हजार रुसी सैनिक मारिएको युक्रेनी सरकारले दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि रुसको रक्षामन्त्रालयले युक्रेनमा जारी आक्रमणमा ४९८ सैनिक मारिएको उल्लेख गरेको थियो । रुसी रक्षामन्त्रालयले अरु १५९८ रुसै सैनिक घाइते भएको उल्लेख गर्दै अरु धेरै युक्रेनी सैनिक पनि मारिएको दाबी गरेको थियो ।

रुसी सेनाले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो ।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्। यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार रुसी हमलाको कारण अहिलेसम्म १० लाख मानिस युक्रेनबाट छिमेकी मुलुकमा पलायन हुन बाध्य भएका हुन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ७ : २५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास