गठबन्धन लामो समय टिक्दैनः एमाले उपमहासचिव गुरुङ « Khabarhub

गठबन्धन लामो समय टिक्दैनः एमाले उपमहासचिव गुरुङ


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेकपा एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने दाबी गरेका छन् ।

पोखरामा बिहीबार भएको प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनमा उपमहासचिव गुरुङले अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएकाले लोमा समय नटिक्ने बताएका हुन् ।

उनले सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको पनि आरोप लगाए ।

उपमहासचिव गुरुङले पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने भन्दै समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका ११ जिल्लाका प्रेस चौतारीका संस्थापक, केन्द्रीय पदाधिकारीलगायत १७ जनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारीका नेता दुर्गाप्रसाद शर्मा, रामकृष्ण शर्मा, विद्रोही गिरी, प्रकाशचन्द्र भट्टराईलगायतले पत्रकारिता क्षेत्रको भूमिका र महत्वमाथि चर्चा गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ९ : ०४ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा