गठबन्धन लामो समय टिक्दैनः एमाले उपमहासचिव गुरुङ | Khabarhub Khabarhub

गठबन्धन लामो समय टिक्दैनः एमाले उपमहासचिव गुरुङ


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेकपा एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने दाबी गरेका छन् ।

पोखरामा बिहीबार भएको प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनमा उपमहासचिव गुरुङले अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएकाले लोमा समय नटिक्ने बताएका हुन् ।

उनले सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको पनि आरोप लगाए ।

उपमहासचिव गुरुङले पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने भन्दै समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका ११ जिल्लाका प्रेस चौतारीका संस्थापक, केन्द्रीय पदाधिकारीलगायत १७ जनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारीका नेता दुर्गाप्रसाद शर्मा, रामकृष्ण शर्मा, विद्रोही गिरी, प्रकाशचन्द्र भट्टराईलगायतले पत्रकारिता क्षेत्रको भूमिका र महत्वमाथि चर्चा गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ९ : ०४ बजे

पुवा खोलामा बेलिब्रिज , ३६ किमी दुरी छोटियो

फिक्कल– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी