राजसंस्था र हिन्दू राष्ट्रका लागि आन्दोलन गर्ने राप्रपाको निर्णय « Khabarhub

राजसंस्था र हिन्दू राष्ट्रका लागि आन्दोलन गर्ने राप्रपाको निर्णय


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समितिसमेत गठन गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

आन्दोलन तयारीका लागि महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, ‘राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना, भ्रष्टाचार विरुद्ध र जनजीविकाको सवालमा जनसङ्घर्ष गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ ।’

यस्तै बैठकले आइतबार संसदबाट पारित भएको एमसीसीको व्याख्यात्मक घोषणा यसको अङ्ग नभएको भन्दै बिरोध गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १० : ०९ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल