शिक्षा गरिबको पहुँचमा छैन: अध्यक्ष थापा « Khabarhub

शिक्षा गरिबको पहुँचमा छैन: अध्यक्ष थापा


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको शिक्षा गरिब जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन् ।

पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालको घोषणासभामा अध्यक्ष थापाले  यस्ताे बताएका हुन् ।  उनले विद्यार्थीको हकहितमा कार्य गर्न शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गतिको अन्त्य गर्न याे सङ्गठनले भूमिका निर्वाह गर्नुपर्ने  पनि बताए ।

अध्यक्ष थापाले शिक्षा प्रणाली र विद्यार्थीलाई उत्पादनसँग जोडेर व्यावसायिक र आत्मनिर्भर बनाउन सकेमा देश समृद्ध हुने विश्वास व्यक्त  गरे ।

विगतका त्रुटि, कमी कमजोरीलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले पार्टीलाई ठूलो बनाउने नाममा विगतमा भएका कमजोरी तथा गल्तीबाट पाठ सिकेर पार्टीलाई सुदृढ बनाएर लैजानेछु उनले भने ।

कार्यक्रममा राप्रपा नेपालका नेता राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कँडेल, विद्यार्थी नेता कमल बम, शशी भण्डारी, दिपेश शाह, राजु गैरे, त्रिविक्रम सिंहलगायतले मुलुकमा राष्ट्रवादी शक्ति एकजुट हुनपर्ने बताएका थिए । कार्यक्रममा कमलबम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपाल गठनको घोषणा गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १० : ३४ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष