विश्व इतिहासमा आज भएका घटनाक्रम « Khabarhub

विश्व इतिहासमा आज भएका घटनाक्रम


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व इतिहास मा आजः आज ३ अप्रिल २०२२। आज विश्व इतिहासमा केही घटना विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आजका दिन भएका केही घटनाक्रमः

प्राध्यापकबाट कुख्यात अपराधी बनेका गणितज्ञ पक्राउ
सन् १९९६ मा अराजकतावादी विचारबाट प्रेरित अमेरिकी कुख्यात अतिवादी टेड कान्जिस्की पक्राउ परेका थिए। पूर्वप्राध्यापकसमेत रहेका कान्जिस्कीले सन् १९७८ देखि १९९५ सम्म १६ वटा लेटर बम पठाएका थिए, जसमा ३ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। अनबम्बरसमेत भनिने कान्जिस्की कुनै बेला प्रतिभाशाली व्यक्ति थिए।

अमेरिकामा मार्शल प्लान
सन् १९४८ को ३ अप्रिलमा अमेरिकाका ३३ औँ राष्ट्रपति ह्यारी एस ट्रुम्यानले इकोनोमिक रिकभरी एक्ट, १९४८ मा हस्ताक्षर गरेका थिए। पछि यसलाई मार्शल प्लान भनेर चिनिन थालियो। दोस्रो विश्वयुद्धको अन्त्यपछि युरोपेली अर्थतन्त्रहरूको पुनर्निर्माण गर्न र कम्युनिष्टहरूलाई नियन्त्रणमा लिनबाट रोक्न सो योजनाअन्तर्गत १२ दशमलब ४ अर्ब डलर बिनियोजन गरिएको थियो।

काटिन नरसंहार
सन् १९४० मा सोभियत फौजले करीब २२ हजार पोल्यान्ड नागरिकको हत्या गरेको थियो। काटिन नरसंहारलाई इतिहासमा युद्धबन्दीहरूको सबैभन्दा खराब नरसंहार मानिन्छ। जोसेफ स्टालिनले पोल्यान्डका सैन्य अधिकारी अफिसरसहितका सबै बन्दीलाई मृत्युदण्ड दिने आदेशमा हस्ताक्षर गरेका थिए।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : १४ बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण