विश्वकपको संरचना निर्माणमा आप्रवासीमाथि ज्यादती | Khabarhub Khabarhub

विश्वकपको संरचना निर्माणमा आप्रवासीमाथि ज्यादती


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आसन्न विश्वकपका लागि १ अप्रिलमा ड्र गरिएको छ। योसँगै अनौपचारिक रूपमा विश्वकप काउन्डाउन सुरु भएको छ। यो विश्वकप विभिन्न कारणले विवादमा भने परेको छ। त्यहाँ रहेका विदेशी कामदार माथिको व्यवहारका कारण अहिले कतारको आलोचना भएको हो।

कतारले फाइनल चरणका खेलका लागि सात रङ्गशाला, नयाँ एयरपोर्ट, नयाँ मेट्रो र नयाँ सडक बनाइरहेको छ। नयाँ सहरको आकर्षण रहको रङ्गशालामा फाइनल खेलका अलावा अन्य नौ खेल सञ्चालन हुनेछन्। यी नै परियोजनामा काम गरिरहेका ३० हजार आप्रवासी कामदार माथिको व्यवहारका कारण अहिले कतार सरकार आलोचित बनेको छ।

कतारले फाइनल चरणका खेलका लागि सात रङ्गशाला, नयाँ एयरपोर्ट, नयाँ मेट्रो र नयाँ सडक बनाइरहेको छ। नयाँ सहरको आकर्षण रहको रङ्गशालामा फाइनल खेलका अलावा अन्य नौ खेल सञ्चालन हुनेछन्।

सन् २०१६ मै मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले कामदारलाई जबरजस्ती गलत गरिएको भन्दै कतार सरकारको आलोचना गरेको थियो। आवासको कमजोर व्यवस्थापन, कम ज्याला, सही समयमा ज्याला नदिने तथा पासपोर्ट जफत गरिएको घटनाका कारण कतार सरकारको आलोचना भएको हो।

सन् २०१७ मा कतार सरकारले अत्यधिक गर्मीमा काम गरिरहेका कामदारको हकमा केही नयाँ मापदण्ड तयार गरेको छ। एउटा समय सीमामा मात्र काम गर्ने लगाउने तथा मजदुर शिविरको अवस्थालाई सुधार गर्ने प्रतिबद्धता कतार सरकारले त्यसै समयमा गरेको थियो।
यसका बाबजुद ह्युमन राइट वाचले सन् २०२१ मा रिपोर्ट सार्वजनिक गर्दै कतारमा अझै कम ज्याला दिइने गरिएको कुरा सार्वजनिक गरेको थियो। महिनौँसम्म तलब रोक्का गर्ने तथा धेरै समय काममा लगाउने गरिएको पनि सो रिपोर्टमा उल्लेख छ ।

सन् २०१७ मा कतार सरकारले अत्यधिक गर्मीमा काम गरिरहेका कामदारको हकमा केही नयाँ मापदण्ड तयार गरेको छ।

आफ्ना लागि असहज भएपछि थुप्रै विदेशी कामदारले काम छाड्ने गरेका छन्। तथापि कतारका कम्पनीले कामदारमाथि त्यसै किसिमको व्यवहारलाई जारी राखेका छन्।
सरकारका प्रवक्ताले भने सुधारका लागि थुप्रै काम भइरहेको दाबी गरेको छ। सरकारले कामदारको मापदण्ड तोकेको र त्यो मापदण्ड पुरा नगर्ने कम्पनीमाथि निगरानी गरिएको पनि उनले बताए।

२०२१ मै सञ्चार माध्यममा कतारले विश्वकप आयोजनाको बाजी मारे यता भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश र श्रीलङ्काका समेत गरी ६ हजार ५ सय कामदारको ज्यान गएको उल्लेख गरिएको थियो।

यी पाँच दक्षिण एसियाली देशको कामदारको मृत्युको स्थान पेसा र कामको प्रकृतिको बारे भने रिपोर्टमा प्रस्ट्याइएको छैन। श्रम अधिकार समूह फेयर क्वायरले यसरी मारिनेमध्य धेरै विश्वकपको लागि तयार पारिँदै गरेका भौतिक संरचनामै रहको जनाएको छ।

२०२१ मै सञ्चार माध्यममा कतारले विश्वकप आयोजनाको बाजी मारे यता भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश र श्रीलङ्काका समेत गरी ६ हजार ५ सय कामदारको ज्यान गएको उल्लेख गरिएको थियो।

कतार सरकारले यो रिपोर्टमा वास्तविक सङ्ख्या भन्दा धेरै सङ्ख्या उल्लेख गरेको दाबी गरेको छ। वर्षौँदेखि त्यहाँ रहेका र ज्यान गुमाएकालाई पनि यसैमा समावेश गर्दै यो सङ्ख्या निर्धारण गरिएको दाबी कतार सरकारको छ। भवन तथा अन्य थुप्रै उद्योगमा पनि नेपाल लगायत देशका कामदारको बाक्लो उपस्थिति छ। त्यहाँ ज्यान गुमाउनेको सङ्ख्यालाई पनि त्यसैमा समावेश गरिएको कतार सरकारको दाबी हो।

कतारले सन् २०१४ देखि २०२० मा रङ्गशाला निर्माणको क्रममा ३७ जनाको ज्यान गएको बताएको छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले पनि कतारले आकस्मिक ज्यान गुमाउने कामदारको गणना नै नगरेको आरोप लगाएको छ। धेरै जनाको हृदयाघातका कारण ज्यान गएको छ भने श्वासप्रश्वास समस्याका कारण धेरैको ज्यान जाने गरेको छ। यसरी निधन भएकालाई सरकारले कामसँग सम्बन्धित मृत्युको सूचीमा राख्ने गरेको छैन।

आइएलओका अनुसार सन् २०२१ मा मात्रै ५० भन्दा बढीको ज्यान गएको छ। ५ सय भन्दा बढी गम्भीर घाइते भएका छन्। साथमा ३७ हजार ६ सय भन्दा बढी सामान्य घाइते भएका छन्।

अहिले कतारमा नयाँ विवाद उठेको छ। एलजीबीटी कतारी समाजका लागि स्वीकार्य होइन। यौनका लागि कठोर कानुन भएको त्यहाँ समान लिङ्गी बिचको सम्पर्क असम्भव झैँ नै लाग्छ। अहिले एलजीबीटी समर्थक धेरै संस्थाले विश्वकप अगाडि एलजीबीटीको निम्ति खुला हुनु पर्ने आवाज विश्व फुटबल महासङ्घ ( फिफा) र कतार सरकारका सामु राख्न थालेका छन्।

आइएलओका अनुसार सन् २०२१ मा मात्रै ५० भन्दा बढीको ज्यान गएको छ। ५ सय भन्दा बढी गम्भीर घाइते भएका छन्। साथमा ३७ हजार ६ सय भन्दा बढी सामान्य घाइते भएका छन्।

अन्यलाई जस्तै लैङ्गिक अल्पसङ्ख्यकका लागि पनि सुरक्षाको प्रत्याभूति हुनु पर्ने आवाज उठ्न थालेको हो। कतारको विश्वकप आयोजक कमिटीले सबैलाई स्वागत गरेको बताएको छ। तर, यसका बाबजुद केही प्रसङ्ग त्यहाँको समाजका लागि अपाच्य भएकोमा जोड दिइरहेको छ।

विश्वकप फुटबलमा कतारको योगदान
सन् २०१० मा कतारले विश्वकप आयोजनाको घोषणा गरेपछि धेरै विवाद भएको थियो। धनी भए पनि सानो देश कतारको विश्वकप फुटबलमा कुनै गौरवशाली इतिहास छैन। यो देश अहिलेसम्म विश्वकपमा छनोट पनि भएको छैन। कतारले अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियालाई पराजित गर्दै आयोजनाको अवसर पाएको हो।

फिफाका अधिकारी नै कतारलाई विजयी गराउन लागि परेको आरोप पनि लागेको थियो। फिफाले गठन गरेको निष्पक्ष छानबिन आयोगले यस आरोपका बारे कुनै प्रमाण फेला पार्न सकेन। प्रतिनिधालाई खरिद गरेको आरोपलाई कतारले अस्वीकार गरेको छ। तर, एक फ्रान्सेली सरकारले सुरु गरेको छानबिन अझै जारी छ। सन् २०२० मा अमेरिकाले तीन जना फिफा अफिसियलले कतारलाई जिताउन पैसा बुझेको आरोपसमेत लगाएको थियो।

प्रतिनिधालाई खरिद गरेको आरोपलाई कतारले अस्वीकार गरेको छ। तर, एक फ्रान्सेली सरकारले सुरु गरेको छानबिन अझै जारी छ।

सामान्यतया विश्वकप फुटबल जुन र जुलाई मा हुनेगर्छ। त्यस समयमा कतारको औसत तापक्रम ४१ डिग्री सेल्सियस हुन्छ। यो ५० डिग्रीसम्म पनि पुग्नसक्छ। बाहिर उभिन कठिन हुने स्थानमा ९० मिनेटको फुटबल खेल्न त धेरै कठिन हो।

आयोजनाको दाबी गर्दा कतारले खेल्न मिल्ने सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो। कतारले रङ्गशाला र प्रशिक्षण केन्द्रमा एयर कन्डिसनको व्यवस्थासहित फ्यान जोनमा पनि २३ डिग्री सेल्सियस भन्दा बढी तापक्रम हुन नदिने जनाएको थियो। कतारले यसको प्रयास गरिरहेकै समयमा सन् २०१५ मा फिफाले जाडो याममा विश्वकप आयोजना गर्ने निर्णय गरेको हो।

कतारको औसत तापक्रम ४१ डिग्री सेल्सियस हुन्छ। यो ५० डिग्रीसम्म पनि पुग्नसक्छ। बाहिर उभिन कठिन हुने स्थानमा ९० मिनेटको फुटबल खेल्न त धेरै कठिन हो

२१ नोभेम्बरमा सुरु हुने विश्वकप फुटबल १८ डिसेम्बरमा सकिने छ। कतार विश्वकपका कारण संसारका धेरै देशका घरेलु फुटबल लिग प्रभावित हुनेछन्।

एसियामा दोस्रो पटक विश्वकप फुटबल आयोजना हुन लागेको हो। यस अगाडि सन् २००२ मा जापान र दक्षिण कोरियामा विश्वकप फुटबल आयोजना भएको थियो।

विश्वकपमा दक्षिण एसियाको प्रदर्शन स्तरीय छैन। एसियाली देशको हकमा सन् २००२ मै कोरियाको सेमिफाइनल प्रवेश सबैभन्दा महत्त्वपूर्ण सफलता हो। दक्षिण कोरियाले सो विश्वकपमा आयोजक राष्ट्रको रूपमा सहभागिताको अवसर पाए पनि यस अघिका धेरै विश्वकपमा छनोट हुन सफल भएको थियो।

विश्वकपमा एसियाली देश जापान मात्र दोस्रो चरणमा प्रवेश गरेको थियो। दोस्रो चरणमा जापान बेल्जियमसँग ३-२ ले पराजित भएको थियो।

यस अघिको विश्वकपमा एसियाली देश जापान मात्र दोस्रो चरणमा प्रवेश गरेको थियो। दोस्रो चरणमा जापान बेल्जियमसँग ३–२ ले पराजित भएको थियो। अन्य सहभागी देशमा दक्षिण कोरिया, इरान र साउदी अरेबिया पहिलो चरणबाट नै बाहिरिएका थिए।

कमजोर मानिने एसियालीको माझमा छनोट खेलेर पनि यस अघिका विश्वकपमा छनोट हुन नसकेको कतारको विश्वकपमा प्रदर्शन कस्तो रहने हो भन्ने पनि सबैको चासो छ।

सन् २०१८ को विश्वकप छनोटमा पनि कतारको प्रदर्शन राम्रो थिएन। एसियाली राष्ट्रको छनोटको तेस्रो चरणसम्म पुगेको कतारले समूह एमा रहेका ६ देश मध्य अन्तिम स्थानमा थियो। कतारले १० खेलमा ६ अङ्क मात्र जोडेको थियो।

कमजोर मानिने एसियालीको माझमा छनोट खेलेर पनि यस अघिका विश्वकपमा छनोट हुन नसकेको कतारको विश्वकपमा प्रदर्शन कस्तो रहने हो भन्ने पनि सबैको चासो छ।

आयोजनाको अवसरको कारण कमजोर फुटबल स्तर भएको कतारले पनि आसन्न विश्वकपमा प्रवेश पाएको छ। कतारको उपस्थितिले विश्वकपको प्रतिस्पर्धालाई धेरै हदसम्म प्रभाव पर्ने नै छ। गर्मी देशका कारण असहज समयमा हुने लागेको यो विश्वकपको तयारीको क्रममा कामदारमाथि भएको ज्यादती अझ दुखद घटना बनेको छ।

कतार नेपालीहरूको गन्तव्य हो। त्यसै कतारमा मजदुर माथिको ज्यादती त नेपालका लागि पनि पक्कै चासोको विषय हो। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ०८ बजे

वर्तमान सरकार मुलुकको अर्थतन्त्र विकासमा केन्द्रित छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा

दशैँले बढायो बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं – दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । चाडबाडमा

एमाले-माओवादीले देखाएको बाटो हिँडेर देश सफल हुँदैन : कांग्रेस नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको

मधेस प्रदेशमा बनेको गल्फ मैदानको उद्‌घाटन

 महोत्तरी– मधेस प्रदेशमा गल्फ मैदान तयार भएको छ । मैदान

सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

एजेन्सी– रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको