मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु « Khabarhub

मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – तीव्रगतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ ।

गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नंको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को१क २४७९ नंको ट्र्याक्टरमा ठोक्किँदा गौरादह–९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यसैगरी शनिबार नै झापा दमक–५ का कृष्णकुमार राईका १३ वर्षीय छोरा रोहण राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । दमक–२ मा रहेको लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा अचानक बालक राई डुबेका र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए। बालक एक्कासी दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग हारगुहार गरेका थिए ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको उनले बताए । उक्त बाँधमा एक वर्षअघि समेत पौडी खेल्ने क्रममा एक युवाको पनि डुबेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ०३ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो