बेन्जेको गोलमा रियल मड्रिडको जित « Khabarhub

बेन्जेको गोलमा रियल मड्रिडको जित


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अनुभवी फरवार्ड करिम बेन्जेमा चम्किएको खेलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई २-१ अन्तरले पराजित गरेको छ । शनिबार भिगोको घरेलु मैदानमा दुबै गोल बेन्जेमाले गरे । भिगोको लागि नोलिटोले एक गोल फर्काए ।

१९औं मिनेटमा बेन्जेमाको पेनाल्टीमा अग्रता बनाए । ५२औं मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६४औं मिनेटमा बेन्जेमा पेनाल्टीमा चुके । तर पुनः ७०औं मिनेटमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे ।

जितसँगै रियलले ३० खेलबाट ६९ अंक सहित शीर्ष स्थानमा बलियो पकड जमाएको छ । सेल्टा भने ३६ अंक जोडेर ११औं स्थानमा छ ।

गय राति नै भएको खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अलाभेसलाई ४-१ अन्तरले पराजित गर्यो । लुइस स्वारेज र जुवाओ फेलिक्सले समान दुई गोल गरे । जितपछी समान ५७ अंक भएपनी एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : १८ बजे

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले