रुसी सेनाले पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिँदै   « Khabarhub

रुसी सेनाले पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिँदै  


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

शनिबार राति एउटा भिडियो सम्बोधनमा उनले भने, ‘रुसी सेनाको लक्ष्य के हो ? उनीहरुले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन चाहन्छन् । ’ आफूहरुको उद्देश्य देशको रक्षा गर्नु भएको उनले बताए । ‘हाम्रो लक्ष्य के हो त ? हामी आफैलाई, हाम्रो स्वतन्त्रता, हाम्रो भूभाग र हाम्रा नागरिकहरुको रक्षा गर्नु हो । ’, उनले भने ।

रुसी सेनाले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिओपोललाई रक्षा गर्न सफल भएकोमा उनले युक्रेनी फौजको प्रशंसा गरे । मारिओपोल र अन्य युक्रेनी शहरहरूमा युक्रेनी प्रतिरोधले किभलाई ‘अमूल्य समय’ प्राप्त गर्न अनुमति दिएको र रुसी सैन्य क्षमतालाई कमजोर बनाउन मद्दत गरेको उनको भनाई थियो ।

यसै साताको सुरुमा रुसले राजधानी किभ र उत्तरी सहर चेर्निभ वरपर सैन्य कारबाही ठूलो आकारमा घटाउने र यसको सट्टा पूर्वी युक्रेनमा ध्यान केन्द्रित गर्ने बताएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ३६ बजे

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय