साउदी पुगेका २९ नेपाली युवाद्वारा उद्धारको अपिल  « Khabarhub

साउदी पुगेका २९ नेपाली युवाद्वारा उद्धारको अपिल 



दोहा – रोजगारीका लागि डेढ महिनाअघि साउदी अरब पुगेका २९ जना भन्दा धेरै नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू गत डिसेम्बर १ तारिखमा त्यहाँ पुगेका थिए ।

काठमाडौँको गैरीधारामा रहेको एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको फाक्ट्री नुरह मुसफिर बिन हुसयन अल फिथ फर मेनुफाक्चरिङ्ग कम्पनी र दूध फाक्ट्री काममा भनेर पठाइएका नेपाली कामदारले म्यानपावर कम्पनीले भनेअनुसार काम नपाएका हुन् ।

‘हामी यहाँ आएको दुई महिना हुन लाग्यो न कम्पनीले काम दिएको छ न पैसा, दुई महिनाको अन्तरालमा कम्पनीले ६/७ सय रियाल जति मात्र दिएको छ, त्यो पैसाले खानै पुग्दैन ,’ अवधेश प्रसाद गुप्ताले खबरहबसँग भने, ‘यहाँ म्यानपावरले भने जस्तो काम र कम्पनी छैन अब हामी यहाँ बस्दैनौँ, चाँडो उद्धार गरिदिनुहोस् ।’

कम्पनीले कहिलेकहीँ सप्लाई कम्पनीमा एसी बोक्ने र लोड/अनलोडको काममा पठाउने गरेको पीडित मध्यका एक अवधेशप्रसाद गुप्ताले गुनासो गरे। धेरै समय काम नपाएपछि लेबर क्याम्पमा बसेको तथा खानाको लागि हरेक १०/१५ दिनमा एक सय साउदी रियाल मात्र कम्पनीले दिने गरेको उनले सुनाए ।

रियादस्थित नेपाली दूतावासलाई जानकारी गराउँदा म्यानपावरतिरै औँला सोझाइदिएको पीडितहरूले बताए । म्यानपावरलाई सम्पर्क गर्दा आज/भोलि भन्दै टार्ने गरेको छ । ‘मैले म्यानपावरका प्रतिनिधि र आफूलाई पठाउने एजेन्टलाई सम्पर्क गरेँ,’ अर्का युवा सुनिल राज सोनीले भने, ‘ म्यानपावर र एजेन्टले हाम्रो कुरै सुन्दैन उल्टै हप्काउँछन्, एजेन्टको घरमा अभिभावकलाई पठाउँदा राम्रै छ भन्दो रहेछ ।’

म्यानपावर कम्पनी तथा विभिन्न एजेन्टहरूलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर गएका थिए। तीनै एजेन्टलाई नेपाल फर्काउन सहयोग नगरे मिडियामा जान्छु भन्दा ‘तेरो लागि तीन लाख छुट्ट्याएको छु’ भन्ने धम्की दिएको उनले बताए ।

आफूहरूलाई पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई उनीहरूले अपिल गरेका छन्।

समस्या समाधान गर्छौँ : म्यानपावर

एचआर इन्टरनेशनल इम्पोईमेन्ट सर्विसका मार्केटिङ डाइरेक्टर सुधीर कुमार खातीले अबको १०/१५ दिनमा सबै समस्या समाधान गर्ने आश्वासन दिएका छन् । ‘काम गर्नको लागि गएकाहरूले काम नपाएको गुनासो हो भने हामी सेटलमेन्ट गर्छौँ’, उनले भने।

खानै नपाएको भन्ने नेपालीको भनाइ भने गलत रहेको उनको दाबी छ । काम गरिरहेकाहरूलाई हरेक महिना तीन सय रियाल पाइरहेको र केहीले १० अप्रिलसम्म पाउन बताए । त्यति मात्र होइन काम नपाएकाहरूलाई एक हप्तामै कम्पनीले काम दिने जिकिर गरेका छन् ।

‘हामी पनि कामदारलाई समस्या पर्दा हात बाँधेर बस्दैनौँ, त्यो हाम्रो जिम्मेवारी हो र हामीले नगरे कसले गर्छ ? हामी पूरा गर्छौ ।,’ उनले थपे ।

स्वदेश फिर्ता हुन चाहेका छन् नि? भन्ने प्रश्नमा उनले आफूहरूले भने अनुसारको काम दिन नसके फिर्ता पठाउन तयार रहेको पनि बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : २५ बजे

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि