रुपन्देहीमा टाइफाइडविरुद्धको खोप अभियान चैत २२ गतेदेखि « Khabarhub

रुपन्देहीमा टाइफाइडविरुद्धको खोप अभियान चैत २२ गतेदेखि


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान रुपन्देहीमा सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा दुई लाख ६६ हजार ५१८ बालबालिका छन् । उनीहरूका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो । उक्त अभियान सञ्चालनका लागि एक हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ सुपरीवेक्षक, ११ जिल्ला सुपरीवेक्षक तथा छवटा सहयोग सङ्घसंस्था परिचालन गरने छ । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्र विद्यालयमा राखिएको छ ।

लुम्बिनी प्रदेशका अन्य जिल्ला कपिलवस्तु र नवलपरासीमा चैत २२ गतेदेखि तथा दाङ, बाँके, बर्दिया, पाल्पा र रोल्पामा चैत २३ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । यसैगरी रुकुमपूर्व, अर्घाखाँची र प्यूठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाको सहजताअनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिने लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले बताए ।

दिसा मिसिएको, दूषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलोपटक खोप सञ्चालन गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : ४५ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको