श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध « Khabarhub

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक संकटमा फसेको श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । चर्को मूल्य वृद्धि एवम् औषधि, पेट्रोल, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभावका कारण हाल श्रीलंकामा व्यापक प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनमाझ प्रदर्शनकारीको क्रुद्ध भीडले श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेको घर समेत घेराउ गरेका थिए । त्यसयता श्रीलंकामा संकटकाल लगाइएको छ ।

यही क्रममा त्यहाँ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । ‘रक्षा मन्त्रालयको विशेष निर्देशनमा सामाजिक सञ्जालहरुमाथि छोटो समयका लागि प्रतिबन्ध लगाइएको हो । शान्ति कायम गर्नका लागि मुलुकको हितका लागि यस्तो गरिएको हो ।’ श्रीलंकाको दूरसञ्चार नियमन आयोगका प्रमुख जयन्थ डिसिल्भालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

विश्वभर इन्टरनेटको निगरानी गर्ने समूह नेटब्लक्सले श्रीलंकामा ट्विटर, फेसबुक, ह्वाट्सएप युट्युबजस्ता सामाजिक सञ्जाल लगभग ठप्प रहेको जनाएको छ ।

यता मुलुकका युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रपति राजापाक्षेका भतिज नमल राजापाक्षेले भने ट्विट गर्दै ‘सामाजिक सञ्जाल प्रतिबन्धको पक्षमा नरहेको’ टिप्पणी गरेका छन् । ‘मैले प्रयोग गरेजस्तै भीपीएनको पहुँचले यस्तो प्रतिबन्ध व्यर्थ बनाउँछ । म अधिकारीहरुसँग यसबारे प्रगतीशील सोचाइ राख्न र निर्णयबारे पुनर्विचार गर्न आग्रह गर्छु ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १२ : १६ बजे

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा