सप्तरीमा पेट्रोलको चरम अभाव, प्रतिलिटर ३५० रुपैँया कायम « Khabarhub

सप्तरीमा पेट्रोलको चरम अभाव, प्रतिलिटर ३५० रुपैँया कायम


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– राजबिराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरूण यादवको म‍ोटर साइकलको पेट्रोल सकियो । उनी शनिबार पेट्रोल खोज्न निस्के। नजिकका सबै पेट्रोल पम्प धाए । पेट्रोल कुनै पम्पमा पाएनन् । एक जना स्थानीयको सहयोगमा बोतलको एक लिटर पेट्रोलको ३२० तिरेर तत्काल काम चलाए ।

पेट्रोल डिजल किनेर स्टोकमा राखेकाहरूले अहिले एक लिटरको २५० देखि ३५० रूपैयाँ लिएर उपभोक्तालाईलाई दिँदै आएको स्थानीयको गुनासो छ।

राजविराज–१ का ३५ वर्षीय परमेश्वर झाले शुक्रबार जिल्लाका विभिन्न पेट्रोल पम्पमा तेल खोज्न धाए । बल्लतल्ल एउटा पम्पमा पेट्रोल पाइयो । तर हजार जनाभन्दा बढी संख्यामा उपभोक्ताको लाइन थियो । एक घण्टाभन्दा बढी उभिएर पेट्रोल लिँदा पनि आवश्यकता जति नपाएको बताए।

पेट्रोलको अभावमा सधैं मोटरसाइकल स्कुटीमा देखिनेहरू यतिबेला हिँडेर आवतजावत गरेको देखिन थालेका छन्। इन्धन ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर डिपोबाट तेल नपठाउँदा पेट्रोलियम पदार्थको अभाव भएको स्थानीय पेट्रोलियम पम्प व्यवसायीहरू बताउँछन् । शनिबार साँझ आन्दोलनरत पक्षसहित सरोकारवालबीच सहमति भएकाले अब पेट्रोलियम पदार्थ सहज हुने आशा गरिएको छ ।एजेन्सी/ न्युज कारखाना

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  २ : ३२ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय