दुवाथलनको उपाधि हिमाल र हिराकुलाई « Khabarhub

दुवाथलनको उपाधि हिमाल र हिराकुलाई


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओकाले पोखरामा जारी एसिया ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिपअन्तर्गत भएको दुवाथलनको उपाधि हात पारेका छन् ।

टीभीएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको पाँच किलोमिटर रनिङ, २० किलोमिटर साइक्लिङ र २ दशमलव ५ किलोमिटर रनिङको दूरी हिमालले ४५ मिनट ५४ दशमलव २९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् ।

यस्तै हिराकुले सो दूरी १ घन्टा १ मिनट १० दशमलव ६५ सेकेन्डमा पूरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् । नेपाल ट्राईयाथलन संघको आयोजनामा भएको च्याम्पियनसिपको पुरुषतर्फ मानबहादुर थापा मगर दोस्रो र वसन्त थारु तेस्रो भए । मानबहादुरले ५५ मिनट १ दशमलव ०७ सेकेन्डमा र थारुले ५८ मिनट २५ दशमलव ३१ सेकेन्डमा दूरी पार गरेका हुन् ।

यस्तै, महिलातर्फ भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनटमा ५६ दशमलव ८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेम्वाङले १ घन्टा ७ मिनट ३३ दशमलव ९४ सेकेन्डमा दूरी पार गर्दै रजत र कास्य पाए ।

विजयी खेलाडीहरूलाई गण्डकी प्रदेश सांसद एवं नेपाल ट्राइयाथलन संघका उपाध्यक्ष दीपक कोइराला, गण्डकी प्रदेश खेलकुद् परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, खेलकुद पत्रकार केशव पाठकलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ३ : ११ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा