दुवाथलनको उपाधि हिमाल र हिराकुलाई « Khabarhub

दुवाथलनको उपाधि हिमाल र हिराकुलाई


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओकाले पोखरामा जारी एसिया ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिपअन्तर्गत भएको दुवाथलनको उपाधि हात पारेका छन् ।

टीभीएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको पाँच किलोमिटर रनिङ, २० किलोमिटर साइक्लिङ र २ दशमलव ५ किलोमिटर रनिङको दूरी हिमालले ४५ मिनट ५४ दशमलव २९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् ।

यस्तै हिराकुले सो दूरी १ घन्टा १ मिनट १० दशमलव ६५ सेकेन्डमा पूरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् । नेपाल ट्राईयाथलन संघको आयोजनामा भएको च्याम्पियनसिपको पुरुषतर्फ मानबहादुर थापा मगर दोस्रो र वसन्त थारु तेस्रो भए । मानबहादुरले ५५ मिनट १ दशमलव ०७ सेकेन्डमा र थारुले ५८ मिनट २५ दशमलव ३१ सेकेन्डमा दूरी पार गरेका हुन् ।

यस्तै, महिलातर्फ भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनटमा ५६ दशमलव ८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेम्वाङले १ घन्टा ७ मिनट ३३ दशमलव ९४ सेकेन्डमा दूरी पार गर्दै रजत र कास्य पाए ।

विजयी खेलाडीहरूलाई गण्डकी प्रदेश सांसद एवं नेपाल ट्राइयाथलन संघका उपाध्यक्ष दीपक कोइराला, गण्डकी प्रदेश खेलकुद् परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, खेलकुद पत्रकार केशव पाठकलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ३ : ११ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर