गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर संचालन गर्ने « Khabarhub

गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर संचालन गर्ने


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर संचालन गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर उपकरण र औजार उत्पादनको तयारी थालेको हो ।

यसका लागि आविष्कार केन्द्रसँग सम्झौता पनि गरिसकेको छ । विश्वविद्यालयका कुलपति प्रा.डा .गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

केही समयभित्रै ६ थरीका औजार उत्पादन गर्न लागेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमिल्सीनाका अनुसार इनोभेसन सेन्टरको भवन निर्माण भैसकेको छ ।

गण्डकी आफैँले बिजुलीबाट बाल्ने चुलो, अलैंची सुकाउने उपकरण, हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन उत्पादन गर्न लागिएको छ ।

प्रदेशको आवश्यकता अनुसारका उपकरण निर्माण गर्न लागिएको उनले बताए । गण्डकी विश्वविद्यालयले कोदोको रक्सी ब्राण्डिङ गर्ने तयारी साथ अनुसन्धान गरिरहेको छ ।

अहिले विश्वविद्यालयबाट नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेण्टसहित, फार्मेसी र आइटीको पढाई सुरु भएको छ ।

बीबीए र बीएएलएलबीको कार्यक्रम सुरु गर्न लागिएको कुलपति गुरुङले बताए। नेपालमै पहिलो पटक प्रदेश सरकारले विश्वविद्यालय संचालन गरेको हो । छिटै मेडिकल कलेज संचालन ल्याउन लागिएको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ४२ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर