जात्रा निर्देशकको नयाँ फिल्म ‘महापुरुष’ « Khabarhub

जात्रा निर्देशकको नयाँ फिल्म ‘महापुरुष’


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जात्रा सिरिजमार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याई सकेका निर्देशक प्रदीप भट्टराईले नयाँ फिल्म ‘महापुरुष’को तयारीमा जुटेका छन् ।

भट्टराई अहिले स्क्रिप्टको काम सकाएर आउने वैशाख तेस्रो सातादेखि फिल्मको छायाङ्कन गर्ने तयारीमा छन् । ‘हामी वैशाखमा छायाङ्कनमा जाने तयारीमा छौँ । सम्भवतः तेस्रो साताबाट छायाङ्कनमा जान्छौँ’ उनले भने । फिल्मको सम्पूर्ण टिमलाई यसै साता परिचय गराउने उनले बताएका छन्।

टाइटल फाइनल गरिएको फिल्म ‘महापुरुष’बारे उनले धेरै बताउन चाहेनन् । ‘हामी फिल्मको अन्य जानकारी पनि दिनेछौँ, रिलिजका लागि समेत छलफल गर्दछौँ’ निर्देशक भट्टराईले भनेका छन्।

जात्रामार्फत निर्देशनमा डेब्यू गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका ‘शत्रुगते’ र ‘जात्रै जात्रा’लाई पनि दर्शकले रुचाए । यसैले गर्दा पनि आउँदो फिल्ममा झनै जिम्मेवारी थपिएको उनी बताउँछन्। ‘डेब्यु फिल्ममै पाएको सफलताले म माथि जिम्मेवारी थपिएको महसुस गरेको छु,’ उनले भने, ‘मैले दर्शकमाझ बनाएको विश्वासलाई गुमाउनु छैन बरु बढाउनु पर्ने छ।,’ निर्देशक भट्टराईले भने ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ०५ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर