जात्रा निर्देशकको नयाँ फिल्म ‘महापुरुष’ « Khabarhub

जात्रा निर्देशकको नयाँ फिल्म ‘महापुरुष’


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जात्रा सिरिजमार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याई सकेका निर्देशक प्रदीप भट्टराईले नयाँ फिल्म ‘महापुरुष’को तयारीमा जुटेका छन् ।

भट्टराई अहिले स्क्रिप्टको काम सकाएर आउने वैशाख तेस्रो सातादेखि फिल्मको छायाङ्कन गर्ने तयारीमा छन् । ‘हामी वैशाखमा छायाङ्कनमा जाने तयारीमा छौँ । सम्भवतः तेस्रो साताबाट छायाङ्कनमा जान्छौँ’ उनले भने । फिल्मको सम्पूर्ण टिमलाई यसै साता परिचय गराउने उनले बताएका छन्।

टाइटल फाइनल गरिएको फिल्म ‘महापुरुष’बारे उनले धेरै बताउन चाहेनन् । ‘हामी फिल्मको अन्य जानकारी पनि दिनेछौँ, रिलिजका लागि समेत छलफल गर्दछौँ’ निर्देशक भट्टराईले भनेका छन्।

जात्रामार्फत निर्देशनमा डेब्यू गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका ‘शत्रुगते’ र ‘जात्रै जात्रा’लाई पनि दर्शकले रुचाए । यसैले गर्दा पनि आउँदो फिल्ममा झनै जिम्मेवारी थपिएको उनी बताउँछन्। ‘डेब्यु फिल्ममै पाएको सफलताले म माथि जिम्मेवारी थपिएको महसुस गरेको छु,’ उनले भने, ‘मैले दर्शकमाझ बनाएको विश्वासलाई गुमाउनु छैन बरु बढाउनु पर्ने छ।,’ निर्देशक भट्टराईले भने ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ०५ बजे

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही

हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय