नवाज शरिफलाई लक्षित गरी लण्डनमा आक्रमण « Khabarhub

नवाज शरिफलाई लक्षित गरी लण्डनमा आक्रमण


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई लक्षित गरी हमला भएको छ । बेलायतको राजधानी लण्डनमा बसोबास गर्दै आएका शरिफलाई सत्तारुढ पाकिस्तान तहरिक ए इन्साफ पार्टीका कार्यकर्ताले आक्रमण गरेको बेलायतमा रहेका पाकिस्तानी पत्रकार अहमद नूरानीले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् ।

आक्रमणका क्रममा शरिफका सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्‍मा अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि शरिफमाथि हमला भएको हो । अविश्वासको प्रस्ताव पारित भइ खान पदबाट हटेको खण्डमा नवाजका भाइ एवम् पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरिफलाई नयाँ प्रधानमन्त्री बन्ने बाटो खुल्ने बताइएको छ ।

यता नवाज शरिफकी छोरी मर्यमले भने हिंसात्मक गतिविधि गर्ने सत्तारुढ दलका कार्यकर्तालाई तत्काल कारवाही गर्न माग गरेकी छिन् । यतिमात्रै नभइ इमरान खान आफैँ घटनाप्रति जिम्मेवार रहेको उनले आरोप लगाएकी छिन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : २८ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका