इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पाकिस्तानी संसद्‍द्वारा खारेज « Khabarhub

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पाकिस्तानी संसद्‍द्वारा खारेज


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्ताव खारेज गरिएको छ । संसद्का उपसभामुख कसिम खान सुरीले संविधानको धारा ५ का आधारमा प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरिएको बताएका हुन् ।

सभामुख असद कुशैरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराइएका कारण उपसभामुखले तल्लो सदन राष्ट्रिय सभाको अध्यक्षता गरेका हुन् ।

पाकिस्तानी संविधानको धारा ५ मा हरेक नागरिक राज्यप्रति वफादार रहनुपर्ने तथा विश्वको जुनसुकै ठाउँमा रहेको पाकिस्तानी नागरिक वा पाकिस्तानमा रहने जो कोहीले पनि पाकिस्तानी संविधान एवम् कानून मान्नुपर्ने उल्लेख छ ।

प्रधानमन्त्री खानले आफूलाई विदेशी शक्तिले हटाउन चाहेको दाबी गर्दै आएका थिए । प्रधानमन्त्रीको यही दाबीका आधारमा धारा ५ अनुसार अविश्वासको प्रस्ताव खारेज गरिएको सूचना मन्त्री फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्ताबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । उनले कुनै पनि विदेशी शक्तिलाई पाकिस्तानी सरकार भंग गर्न नदिइने समेत बताएका छन् ।

संसद्मा अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला विपक्षीसँग १७४ मत रहेको डनले जनाएको छ । त्यहाँ अविश्वासको प्रस्ताव पारित गर्न केबल १७२ सिट पर्याप्त हुन्छ ।

यता विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी पीपीपीका नेता विलावल भुट्टो जर्दारीले भने अविश्वासको प्रस्तावमाथि मतदन हुन नदिएर सरकारले नै संविधानको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ४८ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल