इमरान खानद्वारा संसद् विघटनको प्रस्ताव « Khabarhub

इमरान खानद्वारा संसद् विघटनको प्रस्ताव


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गरेका छन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार प्रधामन्त्री खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद् विघटनको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्रीविरुद्ध संसद्ले अविश्वासको प्रस्ताव खारेज गरेसँगै प्रधानमन्त्री खानले यस्तो कदम चालेका हुन् । यसअघि पाकिस्तानी संसद्का उपसभामुख कसिम खान सुरीले पाकिस्तानी संविधानको धारा ५ का आधारमा प्रधानमन्त्री खानविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव खारेज गरेको घोषणा गरेका थिए ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव खारेज भएपछि उनले पाकिस्तानी जनतालाई बधाइ समेत दिएको जनाइएको छ । मुलुकमा कसलाई शक्ति दिने बारे जनताले निर्णय गर्ने बताउँदै अब नयाँ चुनावमा जानुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  २ : ०६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक