शर्माजी नमकिन : रिटायर्ड लाईफको सकस « Khabarhub

शर्माजी नमकिन : रिटायर्ड लाईफको सकस



बलिउड फिल्म ’शर्माजी नमकिन’ रिलिज भइसकेको छ । यो फिल्म ऋषि कपुर अभिनीत अन्तिम फिल्म भएकाले पनि उनका फ्यान माझ प्रतिक्षित छ । फिल्मको छायांकनकै क्रममा ऋषि बिरामी भएका थिए । त्यसपछि उनले फिल्मको छायांकन पुरा गर्न पाएनन् । उनको बाँकी कामलाई अर्का अभिनेता परेश रावलले पूरा गरेका छन् । एउटै भूमिकालाई ऋषिसँगै परेशले निभाएका छन् । निर्देशक हितेश भाटियाले दुई व्यक्तिलाई एकै क्यारेक्टरमा प्रस्तुत गरेका छन् ।

ऋषिले पूरा गर्न नपाएकोले उक्त फिल्मलाई परेशले पुरा गरेका हुन् । फिल्मलाई समीक्षकको आँखाले हेर्न त्यति सहज छैन । फिल्म सुरु हुनु अगाडि नै ऋषिका छोरा अभिनेता रनबीर कपुरले बोल्ने शब्दले मन छुन्छ । उनले फिल्म प्रति ऋषिको लगाव र अन्तिम फिल्म पुरा गर्न अर्का अभिनेता परेशले गरेको सहयोगको प्रशंसा गर्छन् । यसैले गर्दा पनि ऋषिको अन्तिम फिल्मलाई समीक्षात्मक आँखाले भन्दा पनि फ्यानको हिसाबले हेर्न प्रेरित गर्छ। यो ऋषिको उत्कृष्ट फिल्म त होइन । तर, यसपछि अन्य फिल्ममा उनी देखिने छैनन् । त्यसैले गर्दा यो उनका फ्यानलाई अन्तिम भेट हुनसक्छ ।

फिल्म हलमा नभइ ओटीटीमा मार्च ३१ मा रिलिज भइसकेको छ । फिल्मले प्रारम्भिक प्रतिक्रिया राम्रो पाइरहेको छ । फिल्म फ्यामिली ड्रामा भएकोले यसलाई घरमा स–परिवार बसेर हेर्न सकिन्छ । निर्देशकले फिल्ममा बुनेको कथालाई ऋषि छैनन् भन्ने सत्यले झनै भावनात्मक बनाउँछ । फिल्मका केही दृश्य र संवादले हाम्रो समाजको यथार्थलाई देखाउन खोजेको छ । यसले सजिलै मन छुन्छ । फिल्ममा शर्माजी अर्थात् वृज गोपाल शर्माको भूमिका ऋषि र परेशले निर्वाह गरेका छन् । दुईलाई हरेक दृश्यमा स्वभावले दुरुस्तै बनाउने प्रयास निर्देशकको छ । परेशले ऋषिले बिताएको शर्माजीलाई जीवन्त बनाउने कोसिस गरेका छन् ।

कथासार

फिल्मको कथा सुरु हुन्छ शर्माजीको अवकाशबाट । उनले काम गरिरहेको फ्याक्ट्रीले उनलाई दुई वर्ष अगाडि नै अवकाश लिन आग्रह गर्दै अवकाश दिन्छ । त्यसबाट शर्माजी खुशी हुँदैनन् । हरेक दिन बिहानको खान पकाएर अफिस जाने शर्माजीको दिनचर्या फेरिन्छ । अहिलेको डिजिटल युगमा सोसल मिडियाले टाढालाई नजिक र नजिकलाई टाढा बनाएको पीडा शर्माजीले भोग्छन् । उनका घरमा दुई छोरा रिन्कु/सन्दीप शर्मा (सुहैल नायर) र तारुक रिना (भिन्सी) । यी दुईसँगै शर्माजीका साथीहरु पनि छन् ।

सतीश कौशिक (चड्डा जी) । शर्माजीलाई रिटायर्ड लाइफ सहज छैन । घरमा बिहान भेट्ने छोराहरु आफ्नै संसारमा व्यस्त छन् । जेठो छोरा सन्दीप जागिरमा व्यस्त छन्। जसलाई त्यहाँबाट नयाँ घरमा सिफ्ट हुनुछ । यता कान्छो छोरा भिन्सीलाई स्ट्रिट डान्समा लगाव छ । शर्माजीको पीडालाई फिल्ममा एक दिनले दर्साउँछ। रिटायर्ड शर्माजी बिहानै छोरा भन्दा अगाडि उठ्छन्। भान्सामा विभिन्न परिकार बनाउन सौखिन उनले छोराको लागि परिकार तयार गर्छन् । तर, छोराहरुसँगसँगै बसेर खाने समय पनि छैन ।

सँगै टेवलमा बसे पनि कुराकानी हुँदैन । छोराहरु आ–आफ्नो गन्तव्यमा लाग्छन्। तर, शर्माजीसँग जाने ठाउँ कहिँ छैन । घरमै बस्छन्, टीभी हेर्छन्, निदाउँछन्। यस्तो, रिटायर्ड लाइफ उनले खोजेका होइनन् । अझ भनौँ उनलाई जबरजस्ती रिटायर्ड गरिएको थियो । बेलाबखतमा कामले बाहिर जाँदा सिकेको खाना बनाउने रेसिपीलाई उनी प्रयोग गर्न चाहन्छन । उनलाई खाना बनाउनु छ । अरुलाई खुवाउनु छ । तर, सन्दीपले घरमै बस्न र आराम गर्न भन्छन । उनले अरु काम पनि नगर्न खोजेका होइनन् । तर , सन्दीपले आराम गर्न भन्छन् । यद्दपि शर्माजीले खोजेको लाइफ यस्तो होइन । उनी घरमै बस्ने भन्दा पनि केही गर्न चाहन्छन् । तर, छोरा सन्दीपको साथ छैन । श्रीमती पहिले बितिसकेकोले पनि शर्माजी एक्लै छन् । उनलाई साथ चाहिएको छ । उनी घरमा बसेर बेकार हुनु भन्दा पनि केही गर्न चाहन्छन् ।

शर्माजीको पट्यार लाग्दो लाइफ देखेका साथी चड्डाजीले उनलाई बाहिर गएर खान पकाउन आग्रह गर्छन् । उनले एक फ्याम्लीको लागि खाना पकाइदिन भन्छन् । साथीको कुरा सुनेर शर्माजीलाई लाग्छ आफ्नो खाना बनाउने आर्ट किन नदेखाउने । र, पुग्छन् खाना बनाउन । परिवारको लागि धार्मिक कार्यक्रम भनेर खान बनाउन पुगेका शर्मजीले त्यहाँ किट्टी पार्टी भन्ने थाहा पाएसी निराश हुँदै फर्किन्छन् । आफ्नो साथी चड्डालाई गाली गरेर फर्किरहेका शर्माजीलाई आउने फोनले निर्णय परिवर्तन गर्न बाध्य बनाउँछ ।

उनले किट्टी पार्टीमा जुही चावला, शिवा चड्डा लगायतलाई भेट्छन् । सुरुवाती समयमा उनीहरु गलत लागेता पनि आफू झैँ एक्लोपन भगाउन रमाइरहेको देखेपछि उनी अट्याचड हुन्छन् । त्यसपछि किट्टी पार्टीका एक सदस्य बन्छन् शर्माजी । उनी अफिसियल कुक झैँ । त्यसपछि शर्माजी त्यहाँ जोडिने हरेक सदस्यका प्रिय बन्छन् ।

यता सन्दीपले इशा तलवार (उर्मि) सँग विवाह गर्ने र नयाँ घरमा सर्ने योजना बनाइ नै रहेका छन् । तर, फ्ल्याट दिने विल्डरले सन्दीपलाई धोका दिइरहेको छ । शर्माजीले किट्टी पार्टीमा खाना पकाइरहेको, कान्छो छोरा भिन्सी परीक्षामा फेल भएको र जेठो छोरा सन्दीपले फ्ल्याटको लागि एडभान्स दिएको एकै पटक थाहा हुन्छ । त्यो पनि शर्माजी कै बर्थ डेमा । यसबीच उर्मिलाई शर्माजीको फ्ल्याटमा भेट्न उनकै घरमा पुग्छन् । उर्मिको परिवारलाई भेटेर फर्किएपछि विल्डरसँगको समस्या थाहा हुन्छ ।

त्यसपछि के हुन्छ ? शर्माजीलाई परिवारले स्वीकार गर्छन् ? विल्डरले सन्दीपलाई एडभान्स फिर्ता गर्छ त ? यी यस्तै विविध प्रश्नको उत्तरका लागि फिल्मनै हेर्नुपर्छ । फिल्ममा बुढेसकालमा अभिवावकले परिवारबाट खोज्ने माया र स्नेहसँगै साथलाई दर्शाइएको छ । शर्माजीसँग परिवार छ तर पनि उनी एक्ला छन् । उनी आफ्नो दक्षता अनुसार केही गर्न चाहन्छन् । तर, समाजले के भन्ला भन्ने सोचले छोराबाट साथ पाउँदैनन् । उनलाई आराम गर्न रिटायर्ड त बनाइयो । तर, उनी त्यसैकारण बढी दुखी छन् ।

फिल्ममार्फत शर्माजीले चाहेको र भोगेको अवस्थाले धेरै चित्रण गर्न खोजिएको छ । हामीले हाम्रो समय परिवारलाई नदिँदा उनीहरुले महसुस गर्ने अवस्था शर्माजी नमकिनमा देखाइएको छ । फिल्मलाई ऋषिकै माध्यमले देखाइएको छ । उनको रिटायर्ड लाइफपछिको समयलाई उनी मार्फत नै निर्देशकले भन्न खोजेका छन् । फिल्ममा ऋषिले ’शर्माजी’ को भूमिकालाई जीवन्त बनाएका छन् । अर्का अभिनेता परेशले पनि शर्माजीलाई एडप्ट गरेका छन् । फिल्ममा देखिने हरेक पात्रले आफ्नो भूमिकालाई यादगार बनाउने प्रयास गरेका छन् । तपाईंका लागि पनि ’शर्माजी नमकिन’ शनिबारको लागि पारिवारिक फिल्म हुनसक्छ । किनकी यो फिल्म परिवारसँग बसेर हेर्न सकिन्छ र यसले परिवारकै कथा भन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ४ : १४ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा