खोटाङमा कालाजारका बिरामी फेला « Khabarhub

खोटाङमा कालाजारका बिरामी फेला


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका एक बिरामी फेला परेका छन् ।

बाहुनीडाँडामा कालाजारका रोगी पत्ता लगाउन हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको ६ दिने अभियानका क्रममा एक जनामा कालाजार पुष्टि भएको हो ।

खोटाङ प्रवेशद्वार रूपमा रहेको जयरामका ९२ जनाको रगत परीक्षणका क्रममा उनलाई पोजिटिभ देखिएको हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए ।

यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार पुष्टि भएका बिरामीको संख्या चार पुगेको छ । गत साउनयता बाहुनीडाँडामा दुई जना र झाप्पामा एक जना कालाजारका बिरामी भेटिइसकेका छन् ।

कालाजारको पीसीआर परीक्षणका लागि जयरामका ९२ जना, कदुवाका ७८ जना र झाप्पाका ७७ जनाको नमूना संकलन गरेर आइतबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको स्वास्थ्य शाखाका सह–संयोजक घिमिरेले बताए ।

बाहुनीडाँडाको विभिन्न बस्तीमा साउन २०७७ यता कालाजार देखा परेको हो ।

आर्थिक वर्ष २०७६र०७७ मा चार जनालाई र आर्थिक वर्ष २०७७र०७८ मा एक जनालाई कालाजार पुष्टि भएको थियो । जिल्लामा कालाजार भएको पुष्टि गर्ने सुविधा र प्रविधि नभएकाले कालाजार भएनभएको पुष्टि गर्न अन्यत्र जानुपर्ने बाध्यता छ । तराईमा लाग्ने कालाजार पछिल्लो समय पहाडतिर देखा पर्न थालेको स्वास्थ्यकर्मीले बताए ।

कालाजार लागेपछि ज्वरो आउने, मान्छे दुब्लाउँदै जाने, खाना नरुच्ने, रक्त अल्पता हुने, छाला डढेकोजस्तो कालो हुने, अधिक तौल घट्ने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मीले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ५५ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर