रेडियो नेपाललाई सार्वजनिक प्रशारण सेवामा लैजाने मन्त्री कार्कीको प्रतिबद्धता « Khabarhub

रेडियो नेपाललाई सार्वजनिक प्रशारण सेवामा लैजाने मन्त्री कार्कीको प्रतिबद्धता


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रशारण सेवामा रूपान्तरण गरिने बताएका छन् ।

रेडियो नेपालको ७२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौँमा भएको कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सार्वजनिक प्रशारण सेवामा रूपान्तरणका लागि कानुनी तथा संसदीय प्रक्रिया छिट्टै टुङ्गिने विश्वास व्यक्त गरेका छन् ।

उनले विनाशकारी भूकम्प र कोरोना महामारीलगायत विपदका समयमा रडियो नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरेका छन् ।

आगामी दिनमा रेडियो नेपालले सार्वजनिक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

वार्षिकोत्सवमा रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई सम्मान गरेको छ । त्यसैगरी रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गर्ने ३६ कर्मचारीलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ३४ बजे

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको