फाइनलमा शतप्रतिशत दिएर खेल्छौँ : सन्दीप « Khabarhub

फाइनलमा शतप्रतिशत दिएर खेल्छौँ : सन्दीप


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा सत प्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन् । फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो सत प्रतिशत दिएर खेल्ने बताए ।

‘फाइनल खेल निकै नै महत्वपूर्ण छ । हामी उपाधि जित्न आफ्नो सत प्रतिशत दिएर खेल्छौँ,’ सन्दीपले भने । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको फाइनल खेल कीर्तिपुरस्थित टियु मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

त्रिदेशिय टी–२० खेलमा नेपाल सहित पीएनजी र मलेसियाको सहभागिता थियो । नेपाल प्रतियोगिताको चार खेलमा अपराजित रहँदै फाइनल पुगेको हो । पीएनजी २ अंक भए पनि फाइनल पुग्न सफल भएको थियो ।

यो शृंखला कप्तान सन्दीप लामिछानेको लागि समेत निकै महत्त्वपूर्ण रहेको छ । उनको कप्तानीमा नेपाल पहिलो पटक कुनै श्रृंखला नजिक रहेको छ ।

खेलाडी र क्यानबीचको विवादसँगै क्यानले सन्दीपलाई कप्तानी घोषणा गरेको थियो । सन्दीपले भने यस विषयमा श्रृंखला सबै खेलाडीको लागि उत्तिकै महत्त्वपूर्ण हुने र आफूलाई समेत सोही भएको बताए ।

‘टिमको सदस्य हुँ । अरूलाई जस्तो मलाई पनि उस्तै छ । मेरो कप्तानमा केही विशेष भन्ने हुँदैन,’ सन्दीपले भने । यस्तै उनले घरेलु दर्शकमाझ खेल्दा सधैँ ऊर्जा प्राप्त हुने र भोलि समेत प्रतियोगिता जित्न खेल्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : २४ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ