फाइनलमा शतप्रतिशत दिएर खेल्छौँ : सन्दीप « Khabarhub

फाइनलमा शतप्रतिशत दिएर खेल्छौँ : सन्दीप


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा सत प्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन् । फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो सत प्रतिशत दिएर खेल्ने बताए ।

‘फाइनल खेल निकै नै महत्वपूर्ण छ । हामी उपाधि जित्न आफ्नो सत प्रतिशत दिएर खेल्छौँ,’ सन्दीपले भने । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको फाइनल खेल कीर्तिपुरस्थित टियु मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

त्रिदेशिय टी–२० खेलमा नेपाल सहित पीएनजी र मलेसियाको सहभागिता थियो । नेपाल प्रतियोगिताको चार खेलमा अपराजित रहँदै फाइनल पुगेको हो । पीएनजी २ अंक भए पनि फाइनल पुग्न सफल भएको थियो ।

यो शृंखला कप्तान सन्दीप लामिछानेको लागि समेत निकै महत्त्वपूर्ण रहेको छ । उनको कप्तानीमा नेपाल पहिलो पटक कुनै श्रृंखला नजिक रहेको छ ।

खेलाडी र क्यानबीचको विवादसँगै क्यानले सन्दीपलाई कप्तानी घोषणा गरेको थियो । सन्दीपले भने यस विषयमा श्रृंखला सबै खेलाडीको लागि उत्तिकै महत्त्वपूर्ण हुने र आफूलाई समेत सोही भएको बताए ।

‘टिमको सदस्य हुँ । अरूलाई जस्तो मलाई पनि उस्तै छ । मेरो कप्तानमा केही विशेष भन्ने हुँदैन,’ सन्दीपले भने । यस्तै उनले घरेलु दर्शकमाझ खेल्दा सधैँ ऊर्जा प्राप्त हुने र भोलि समेत प्रतियोगिता जित्न खेल्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : २४ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर