राजनीतिक संकटमाझ पाकिस्तानी रुपैयाँ कमजोर बन्दै « Khabarhub

राजनीतिक संकटमाझ पाकिस्तानी रुपैयाँ कमजोर बन्दै


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक संकट गहिरिएसँगै पाकिस्तानी मुद्राको भाउ निरन्तर ओरालो लागिरहेको छ । चालु आर्थिक वर्ष २०२१–२२ मा मात्रै अमेरिकी डलरसँग पाकिस्तानी रुपैयाँको भाउमा २५ रुपैयाँले गिरावट आएको पाकिस्तानको जियो न्युजले जनाएको छ ।

हाल एक अमेरिकी डलर बराबर १८४ पाकिस्तानी रुपैयाँमा कारोबार भइरहेको छ । ‘राजनीतिक अस्थीरताले पाकिस्तानको वित्तीय बजारमा समेत प्रभाव पारिरहेको छ ।’ आरिफ हबिब लिमिटेडका अनुसन्धान प्रमुख ताहिर अब्बासले जियो न्युजसँग भने ।

उनका अनुसार शेयर बजार र सरकारी ऋणपत्रबाट डलरको सञ्चितीमा कमी आएसँगै आर्थिक संकट उत्पन्न भएको हो ।

पछिल्लो एक वर्षयता पाकिस्तानी रुपैयाँको मूल्यमा निरन्तर गिरावट आइरहेको जनाइएको छ । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा तेल र खाद्यान्नको मूल्य बढेसँगै पाकिस्तानको आर्थिक अवस्था अझ नकारात्मक दिशातिर जाने चिन्ता उत्पन्न भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : २३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा