राजनीतिक संकटमाझ पाकिस्तानी रुपैयाँ कमजोर बन्दै « Khabarhub

राजनीतिक संकटमाझ पाकिस्तानी रुपैयाँ कमजोर बन्दै


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक संकट गहिरिएसँगै पाकिस्तानी मुद्राको भाउ निरन्तर ओरालो लागिरहेको छ । चालु आर्थिक वर्ष २०२१–२२ मा मात्रै अमेरिकी डलरसँग पाकिस्तानी रुपैयाँको भाउमा २५ रुपैयाँले गिरावट आएको पाकिस्तानको जियो न्युजले जनाएको छ ।

हाल एक अमेरिकी डलर बराबर १८४ पाकिस्तानी रुपैयाँमा कारोबार भइरहेको छ । ‘राजनीतिक अस्थीरताले पाकिस्तानको वित्तीय बजारमा समेत प्रभाव पारिरहेको छ ।’ आरिफ हबिब लिमिटेडका अनुसन्धान प्रमुख ताहिर अब्बासले जियो न्युजसँग भने ।

उनका अनुसार शेयर बजार र सरकारी ऋणपत्रबाट डलरको सञ्चितीमा कमी आएसँगै आर्थिक संकट उत्पन्न भएको हो ।

पछिल्लो एक वर्षयता पाकिस्तानी रुपैयाँको मूल्यमा निरन्तर गिरावट आइरहेको जनाइएको छ । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा तेल र खाद्यान्नको मूल्य बढेसँगै पाकिस्तानको आर्थिक अवस्था अझ नकारात्मक दिशातिर जाने चिन्ता उत्पन्न भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : २३ बजे

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली