तस्वीर- एएनआई

देश/प्रदेश

विश्वनाथ मन्दिर परिसरमा निर्मित पूर्वाधार देखेर डा. राणा आश्चर्यचकित

By खबरहब

April 03, 2022

काठमाडौं– प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले विश्वनाथ मन्दिरमा पूजा गरेकी छिन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवासँगै उनले पनि विश्वनाथ मन्दिरमा पूजा गरेकी हुन् ।

मन्दिरमा पूजा गर्दै उनले पहिले भन्दा मन्दिरमा धेरै परिवर्तन देखिएको भन्दै आश्चर्य समेत व्यक्त गरिन् । सन् १९९० को दशकमा र पछिल्लो पटक सन् २०१७ मा विश्वनाथ मन्दिरको भ्रमण गरेको स्मरण गर्दै उनले ५ वर्षको अवधिमा मन्दिरमा धेरै परिवर्तन देखेको बताइन् ।

काशी विश्वनाथमा पुग्दा अर्कै शहर पुगेजस्तो लागेको बताउँदै उनले सो मन्दिर परिसरमा निर्मित भौतिक पूर्वाधारको पनि चर्चा गरिन् ।

उनले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवाद दिँदै दुई मुलुकबीचको सम्बन्ध अनन्तकाल सम्मका लागि निरन्तर रहने समेत विश्वास व्यक्त गरिन् ।