हलेसी मन्दिरबाट १८ दिनमै पाँच लाख भेटी संकलन « Khabarhub

हलेसी मन्दिरबाट १८ दिनमै पाँच लाख भेटी संकलन


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट १८ दिनमै पाँच लाख भेटी संकलन भएको छ ।

गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५ लाख ४ हजार ९०० भेटी रकम संकलन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने मन्दिरको शिव पार्वती थानबाट ४ लाख ३६ हजार र मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ६८ हजार ९०० आम्दानी भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरबाट भएका आम्दानीमध्ये पानी, भेटी गणना, अतिथि सत्कार, खाजा लगायतमा ६२ हजार ५१० खर्च गरेर बाँकी रहेको ४ लाख ४२ हजार ३९० रकम माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ ।

हलेसीमा आउने दर्शनार्थीले चढाएका भेटी रकमलाई गणना गरेर आम्दानीका रूपमा सार्वजनिक गर्ने गरिएको छ ।

यस अवधिमा सिन्धुपाल्चोक धुमथा–१ का धनबहादुर गुरुङले १ तोलाको सुनको दियो र ३ तोला ८७ लालको चाँदीको प्लेट चढाएको सूचना केन्द्रले जनाएको छ ।

यस्तै, बुढानीलकण्ठ नगरपालिका–१० कपनका कान्छा तामाङले २५.१० तोलाको विस्फोट आकारको १ थान चाँदी चढाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ४५ बजे

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली