टाइफाइडविरुद्धको खोप अभियान: नियमित खोपको संख्या १३ पुग्यो « Khabarhub

टाइफाइडविरुद्धको खोप अभियान: नियमित खोपको संख्या १३ पुग्यो


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीमा चैत २२ गतेदेखि टाइफाइड रोगविरुद्ध खोप दिन लागिएको छ ।

२ वटा नियमित खोपबाट सुरुवात गरिएको नेपालमा १३ औँ नियमित खोपको रुपमा टाइफाइड रोगविरुद्ध खोप लिइएको हो । सुरुवातमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

२०३४ सालबाट खोप लगान सुरु भएको नेपालमा सूरुवातमा २ वटा खोप नियमित लगाइने गरिएकोमा अहिले १३ औ खोपको रुपमा टाइफाइड रहेको छ । अहिले सम्मको तथ्याङमा रुपन्देहीमा कोही पनि खोप लगाएको कारण ज्यान गएको छैन ।

पहिलो चरणमा चैत २२ गतेदेखि बुटवल उपमहानगरपालिका, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । खोप अधिकृत भेषराज शर्माका अनुसार दोस्रो चरणमा वैशाख ६ गतेदेखि १४ गतेसम्म तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र सियारी गाउँपालिकामा अभियान सञ्चालन गरिने छ ।

जिल्लामा २ लाख ६६ हजार ५१८ जना लक्षित समूह रहेका छन् । उनीहरुका लागि ९६६ खोपकेन्द्रबाट खोप लगाइने जसमा १ हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ जना स्वास्थ्य कर्मी, सुपरिवेक्षक तथा सहयोगी संघसंस्था केन्द्रमा खटिने छन् । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप कन्द्रहरु विद्यालयमा सञ्चालन गरिएको खोप अधिकृत शर्माले जानकारी दिए ।

देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाहरुको सहजता अनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिएको छ ।

स्थानीय तहको निर्वाचन, वैशाख महिना विद्यालयको शैक्षिक सत्रको अन्त्य हुने महिना भएको, एसईई परीक्षा २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म हुने, जेठ महिनापछि कार्यक्रम सञ्चालन गर्न वर्षायामको कारणले कठिनाइ हुने कारणले वैशाख १८ भित्र सम्पन्न गर्नुपर्ने शर्माले बताए । टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको छ ,अभियान पछि यसलाई नियमित खोपमा राखिने छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ०७ बजे

रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, सात जनाको मृत्यु

किएभ । रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा

बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर । इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि