कांग्रेसले विद्रोहीको कारबाहीमाथि पुनः विचार गर्ने | Khabarhub Khabarhub
Logo Logo Logo Logo Logo Logo Logo Logo
  •  भिडियो
  •   पोडकास्ट
  •   युनिकोड
Logo
Logo Logo Logo Logo Logo Logo Logo Logo
  •   लगइन
  • Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अन्तर्वार्ता
    • ट्राभल
    • स्वास्थ्य
    • सूचना-प्रविधि
    • सुरक्षा
    • खेलकुद
    • जीवनशैली
    • प्रवास
    • धर्म / संस्कृति
    • इमिग्रेसन
    • रोजगार
    • साहित्य
    • राशिफल
  • रेडियो  
  • ENGLISH

Live on

RADIO CANDID

Your Voice, Your Power

खबरहब सर्च गर्नुहोस्

Logo

मुख्य

  • होम
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • ट्राभल
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • राजनीति
  • सुरक्षा
  • खेलकुद

अन्य

  • जीवनशैली
  • स्टोरी
  • प्रवास
  • धर्म / संस्कृति
  • इमिग्रेसन
  • रोजगार
  • पत्रपत्रिका
  • विचित्र संसार
  • सम-सामयिक
  • समाज
  • साहित्य
  • स्थानीय

युटिलिटीज्

  • मिति परिवर्तन
  • प्रीति टु युनिकोड
  • युनिकोड टु प्रीति
  • रोमन टु युनिकोड
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • वायु गुणस्तर सूचकांक
  • तरकारी
  • भिडियो
  • पोडकास्ट
  • लगइन

Logo

Logo Logo Logo Logo Logo Logo Logo Logo

ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।

©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

कांग्रेसले विद्रोहीको कारबाहीमाथि पुनः विचार गर्ने


खबरहब

२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवारउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनः विचार गर्न सकिने जनाएको छ ।

कांग्रेसले आज विज्ञप्ति जारी गर्दै यही वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार गर्न सक्ने जनाएको हो ।

पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनः विचार गरेर सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराउन कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको छ ।

उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको थियो ।

उक्त समयमा कतिपय स्थानीय तहका उम्मेदवार स्वयंले आफ्नो उम्मेदवारी फिर्ता लिएका र कतिपय उम्मेदवारको उम्मेदवारी प्राविधिक कारणवश फिर्ता लिएका/गरिएका उम्मेदवारको नाम पनि उम्मेदवारको सूचीमा कायमै रहेको देखिएको कांग्रेसको भनाइ छ ।

विद्रोही उम्मेदवारी दर्ता गराएका र फिर्ता लिनुपर्ने समयावधिसमेत गुज्रिसकेको परिस्थितिमा त्यस्ता सदस्यको पार्टी सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्कासित हुने वैधानिक व्यवस्था रहेको सन्दर्भमा कांग्रेसले यो आग्रह गरेको हो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १२ : ०२ बजे

प्रतिक्रिया

भर्खर

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा

Logo

Logo Logo Logo Logo Logo Logo Logo Logo
पेभलियन मिडिया प्रा.लि

ठेगाना: याक एण्ड यति मार्ग, दरवारमार्ग

सूचना विभाग दर्ता नं. : १२२२/०७५-०७६

अध्यक्ष: नरेश श्रेष्ठ

प्रधान सम्पादक: अरुण बराल

सम्पादक: संकेत कोइराला

फोन नं: +९७७-१-५३४९१५८

ई-मेल: [email protected]

हाम्रो बारे

साइट नेविगेशन
  • होम
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • जीवनशैली
  • फिचर
  • प्रवास
  • धर्म
  • ट्राभल
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • इमिग्रेसन
  • रोजगार
  • देश
  • खेलकुद
  • सूचना
  • राजनीति
  • राशिफल
  • भिडियो
  • पोडकास्ट
युटिलिटिज
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • हावा गुणस्तर सूचकांक
  • मौसम
  • तरकारी
  • नेपाली क्यालेन्डर

  • About Us
  • Media Kit
  • Partnership
  • Terms of Us
  • Contribution
  • Inquiries
  • Mission
  • Subscribe
  • RSS Feed
  • Unicode
  • Contact
  • Advertise
  • Feedback
  • Careers
  • Ad policy
  • Editorial Policy
  • Code of conduct
  • Privacy policy
  • Correction policy
  • Fact-checking policy
  • Ownership & Funding

Intellectual property of this website, including design and content are of Pavilion Media Group, and may not be republished, rewritten, or redistributed without Khabarhub’s consent. All rights reserved. Data is provided by Nepal Data Hub, an associate company. Distribution of intellectual property will lead to legal action. ©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

0