राहुल गान्धी मध्यरातमा ठमेलको एलओडी क्लबमा « Khabarhub

राहुल गान्धी मध्यरातमा ठमेलको एलओडी क्लबमा


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्वअध्यक्ष राहुल गान्धी सोमबार नेपाल आइपुगेका छन्। एक साथीको विवाहमा सहभागी हुन नेपाल आएका राहुल सोमबार राति ठमेलको एलओडी क्लब पुगेका हुन् ।

सोमबार मध्यरातमा केही साथीसहित राहुल क्लबमा पुगेका हुन्। उनको साथमा २५ जना बढी साथीहरु थिए। क्लब स्रोतका अनुसार क्लबमा केही घण्टा बसेका थिए।

सोमबार दिउँसो राहुल भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन्। उनी उनकी साथी उम्निमा उदासको विवाहमा नेपाल आएको बताइएको छ।

पूर्वराजदूत भीम उदासकी छोरी सुम्‍निमा सिएनएनकी पूर्वपत्रकार समेत हुन्। सुम्निमाको विवाहमा आएका गान्धीले पाँच दिन नेपालमा बिताउने बताइएको छ।

रारा र मुस्ताङ पुगेर उनी शुक्रबार स्वदेश फर्किने तालिका रहेको छ। राहुल व्यक्तिगत भ्रमणका लागि नेपाल आएका हुन्। उनी यसअघि २०७५ साल भदौ १५ गते नेपाल आएका थिए। नेपाल हुँदै त्यो समयमा उनी कैलाश-मानसरोवर गएका थिए।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ४४ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित