रुसी हमलामा हालसम्म तीन हजार बढी सर्वसाधारण मारिए « Khabarhub

रुसी हमलामा हालसम्म तीन हजार बढी सर्वसाधारण मारिए


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुअरीयता युक्रेनमा जारी रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएकोहोछ । यद्यपि युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरको भनाइ छ ।

शुक्रबार यता मात्रै २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जानएको छ । अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विष्फोटक हतियारहरूबाट मारिएको ओएचसीएचआरलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रुसले युक्रेनमा जारी आफ्नो सैनिक गतिविधिलाई ‘युक्रेनको निशस्त्रीकरण’ र ‘अनाजीकरण’ का लागि ‘विशेष कारवाही’ बताउँदै आएको छ । यद्यपि यस्तो रुसी दाबीलाई युक्रेन र पश्चिमा मुलुकहरुले निराधार बताउँदै आएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १२ : ३६ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी