एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना « Khabarhub

एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ ।

यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नका लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । 

यो योजना गत शुक्रबार देखि नै सञ्चालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेशपत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एकप्रति पासपोर्टसाइज फोटो सहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिम लिन सक्ने बताइएको छ । 

कर सहितमात्र रु ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु १० को मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल प्रयोग गर्नका लागि ४ जीबी डेटा  को फाइदा लिन सक्ने छन् ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जस अन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्ने छन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहने छ ।

सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा सहित एसईई दिएका विद्यार्थीका लागि पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ ।

विद्यार्थीहरुलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरुसंग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहन मद्दत पुर्याउने कम्पनीले विश्वास लिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १२ : ५२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका