‘कांग्रेसले कलाकारहरुलाई चुनावी प्रचारप्रसारमै मात्र सिमित गर्दैन’ « Khabarhub

‘कांग्रेसले कलाकारहरुलाई चुनावी प्रचारप्रसारमै मात्र सिमित गर्दैन’


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– अभिनेता भुवन केसी कांग्रेस प्रवेश गरेका छन् ।

मंगलबार बिहानै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस प्रवेश गरेका हुन् । भुवन केसीसँगै मंगलबार श्वेता खड्का र रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीले आफूलाई विभिन्न पार्टीबाट अफर आएता पनि लोकतान्त्रिक शक्तिलाई अपनाएको बताएका छन् । ‘सबै पार्टीबाट आफ्नोमा आउन आग्रह थियो । तर सबै कुरा विचार गर्दा लोकतान्त्रिक चरित्रलाई आत्मसात गर्ने पुरानो पार्टी भएको नाताले कांग्रेस ठीक लाग्यो,’ उनले भने । आफूले कुनै पदको आश्वासनका कारण कांग्रेस प्रवेश नगरेको समेत भुवनले प्रष्ट पारे । 

‘यति समय देखि नेपाली कलासँग जोडिएर सक्रिय छु । यहाँका समस्यालाई समाधान गर्दै आउने दिनलाई अगाडि बढाउन कांग्रेसले सघाउने विश्वास मलाई छ’ भुवनले भने । उनले सभापति देउवाले आफूलाई पार्टीमा स्वागत गर्दै लोकतान्त्रिक शक्तिलाई बलियो बनाउने विषयमा कुराकानी भएको बताए । ‘सभापति ज्यूले मलाई तपाईँ जस्तो कलाकारले समस्या पहिचान गरेर त्यसलाई सुल्झाउन राज्यलाई सघाउनु पर्छ भन्नु भयो’  भुवनले भने । 

‘कांग्रेसले कलाकारहरूलाई चुनावी प्रचारप्रसारमै मात्र सीमित गर्दैन’ उनले पार्टीले दिएको जिम्मेवारीलाई आफूले सहर्ष स्वीकार्ने बताए । कांग्रेसले कलाकारलाई अन्य पार्टी झैँ प्रचारप्रसारको माध्यम नबनाई सशक्त रुपमा  अगाडि बढाउने विश्वास छ भुवनले भने । स्थानीय चुनावको घोषणा भएसँगै भुवन केसी राप्रपा जाने हल्ला चलेको थियो । पछि उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रुपमा उठाउन लागेको घोषणा नै गरेको थियो । पछि भुवन केसीले आफू त्यो पार्टीबाट उठ्न लागेको कुरा निराधार रहेको बताएका थिए ।

 २०७० सालको चुनाव ताका भुवन केसी एमाले प्रवेश गरेका थिए । त्यहाँबाट संसदीय चुनावमा सिफारिस भए पनि विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : १८ बजे

भत्काइँदै अनामनगरको सात तले घर (तस्बिरहरू)

काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

तेहरान– इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका

सरकारले हटाइएका सुकुम्वासीको जग्गा खोज्न थाल्यो

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना

स्रोत नखुलेको २७ लाखसहित दुई पक्राउ

मोरङ– स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय