क्याम्प-३ मा राजुको कन्सर्ट « Khabarhub

क्याम्प-३ मा राजुको कन्सर्ट


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सगरमाथाको क्याम्प-३ पुगेर गायक राजु लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरू गाए । 

जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको राजुले बताए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन उनले ६ हजार ५ सय ७४ मिटर उचाइमा कन्सर्ट गरेका हुन् । ‘यो उचाइमा गाउन त धेरै गाह्रो भएन हल्का सास फेर्न कठिन भयो,’ उनले भने, ‘किनभने मेरा गीतहरू तानेर गाउनुपर्ने छन् । हल्का ब्रेक गर्दै गाएँ ’ राजुले बताए।

जलवायु संकटविरुद्धको सन्देश दिन कन्सर्ट गरेको राजुले बताएका छन् । उनले किर्तिमान आफ्नो लागि प्राथमिकता नरहेको समेत प्रस्ट्याए । ग्लोबल वार्मिङ र जलवायु परिवर्तनजस्ता संकट सिर्जना हुनुमा १० प्रतिशत मानवीय प्रवृत्ति जिम्मेवार रहेको उनले बताए । 

राजुको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम समेत हो । यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए । 

मंगोलियन हार्टको यो कन्सर्टसँगै बेलायती गायकको अघिल्लो कीर्तिमान पनि तोडिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ३१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका